सप्ताहब्यापी सरसफाई अभियान सुरु

राजविराज राजविराज
|
बिहिबार, चैत्र २, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सप्ताहब्यापी सरसफाई अभियान सुरु

सारांश

  •     अभियानको पहिलो दिन राजविराजस्थित गजेन्द्र चौकको सरसफाई गरिएको छ ।
  • चोकमा रहेको स्व.
  • गजेन्द्र नारायण सिंहको स्मारक स्थल तथा आसपासको क्षेत्र सरसफाई गरी अभियानको शूरुवात गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 

    समाजिक गतिविधी गर्दै आएको असहाय संरक्षण मञ्च सप्तरीको अगुवाईमा विहिवारदेखि सप्ताहब्यापी सरसफाई अभियान सुरु भएको छ ।
    अभियानको पहिलो दिन राजविराजस्थित गजेन्द्र चौकको सरसफाई गरिएको छ । चोकमा रहेको स्व. गजेन्द्र नारायण सिंहको स्मारक स्थल तथा आसपासको क्षेत्र सरसफाई गरी अभियानको शूरुवात गरिएको छ । 
    मञ्चकी जिल्ला संयोजक रमिला साहको अगुवाईमा सूरु भएको अभियानको पहिलो दिन मञ्चका केन्द्रिय अध्यक्ष बैद्यनाथ साह, प्रदेश सभासदस्य किरण कुमारी साह, ज्येष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष शंकर शारदा, समाजसेवी अनिल पेडिवाल, राजनीतिकर्मी दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, अशोक यादव, गिता यादव लगायतले हातमा कुचो बोक्दै सरसफाईमा साथ दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?