पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 

राजविराज राजविराज
|
आइतबार, पौष १५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 

सारांश

  •     एक गाउँ एक पशु सेवा प्रविधिकहरुका लागि सामाग्रि तथा उपकरण हस्तान्तरण समारोहलाई आइतबार राजविराजमा सम्बोधन गर्दै मन्त्री साहले कृषि क्षेत्रलाई बिस्तार गर्न पशु व्यवसायीलाई समेत प्राथमिकतामा राखि अगाडी बढ्नु पर्ने धारणा राखेका छन् ।
  •       प्रदेश मन्त्री साहले कृषि क्षेत्रलाई प्रोत्साहन स्वरुप दिइने अनुदानको सदुपयोगको साटो दुरुपयोग भइरहेको भन्दै अनुदान अनुसार उत्पादनमा बृद्धि नभइरहेकोप्रति चिन्ता समेत व्यक्त गरे ।
  • उनले अबको दिनमा अनुदान नदिई कृषि उत्पादन बृद्धिका लागि सेवा दिने प्रक्रिया अविलम्बन गर्न सुझाव समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
    प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि क्षेत्र बिस्तार नहुने बताएका छन् । 
    एक गाउँ एक पशु सेवा प्रविधिकहरुका लागि सामाग्रि तथा उपकरण हस्तान्तरण समारोहलाई आइतबार राजविराजमा सम्बोधन गर्दै मन्त्री साहले कृषि क्षेत्रलाई बिस्तार गर्न पशु व्यवसायीलाई समेत प्राथमिकतामा राखि अगाडी बढ्नु पर्ने धारणा राखेका छन् । 
    प्रदेश मन्त्री साहले कृषि क्षेत्रलाई प्रोत्साहन स्वरुप दिइने अनुदानको सदुपयोगको साटो दुरुपयोग भइरहेको भन्दै अनुदान अनुसार उत्पादनमा बृद्धि नभइरहेकोप्रति चिन्ता समेत व्यक्त गरे । उनले अबको दिनमा अनुदान नदिई कृषि उत्पादन बृद्धिका लागि सेवा दिने प्रक्रिया अविलम्बन गर्न सुझाव समेत दिए । 
    सोही समारोहमा उनले प्रदेश २ कृषि र पशुपालन क्षेत्रमै निर्भर रहेको भन्दै प्रदेश सरकारले यसको बृद्धि विकासका लागि आउँदो दिनमा पशुहरुमा लाग्ने विभिन्न रोग पत्ता लगाउन एक्सरे मेशिनलगायत अन्य आधुनिक मेशिनहरु खरीद गर्ने सोचमा रहेको जानकारी दिए । 
    यस्तै सोही कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिरहा सप्तरीका बरिष्ठ पशु विज्ञ अधिकृत धुब्र कुमार यादवले सम्पूर्ण स्थानिय तहमा पशुहरुबाट आय बृद्धि गर्ने उद्देश्यले संघीय सरकारको सहयोगमा पशुपंक्षिको आहारका लागि २ लाख ५० हजारको दरले रकम प्रदान गरेको जानकारी दिए । सो रकमले प्राविधिकहरुको सहयोगमा कृषकहरुले हरियो घाँस आफ्नै खेतमा उत्पादन गरेर दुध र मासु उत्पादनमा बृद्धि गर्न सक्ने बताए । 
    पशु विज्ञ अधिकृत धु्रब कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. संजय कुमार यादव, डा. भागिरथ यादव, नेभ्लाका उपाध्यक्ष योगेन्द्र प्रसाद यादवलगायतका वक्ताहरुले पशु क्षेत्रमा विकासका लागि कृषकहरुले प्राविधिकको सहयोग लिनुपर्ने धारणा राखेका थिए । 
    आयोजित सामाग्रि तथा उपकरण हस्तान्तरण कार्यक्रममा मन्त्री साहले जिल्लाका सप्तकोशी नगरपालिका बाहेक १७ वटै स्थानिय तहका ३८ जना पशु प्राविधिकहरुलाई विभिन्न उपकरणहरु हस्तान्तरण गरे । हस्तान्तरण गरिएको उपकरणहरुमा माइक्रोसकोप, सर्जिकल सेट, सेन्ट्रिफ्युज मेशिन लगायत २ लाख बढीको अन्य सामाग्रिहरु रहेका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाँउस्तरमा क्रिकेट खेलाडीको  उत्पादन तथा संरक्षण गर्नुपर्नेमा जोड
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 
पोखरीमा डुबेर बालिकाको ज्यान गयो
पोखरीमा डुबेर बालिकाको ज्यान गयो
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?