झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि

राजविराज राजविराज
|
शुक्रबार, पौष १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि

सारांश

  •     तर चौधौँ त्रिवर्षीय योजनाको लक्ष्य भने प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले बताउनुभयो ।
  • कुल ५५ लाख मेट्रिक टनको लक्ष्य लिइएकामा योजना नसकिँदै ५६ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइसकेको छ ।
  • मौसम अनुकूल भएको र आवश्यक मलखाद लगायत सामाग्री समयमै उपलब्ध भएकाले धान उत्पादन बढेको दावी मन्त्रालयको छ ।

काठमाडाँै, १२ पुस (रासस) ।
    यस वर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ । 
    अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । यद्यपि अझै मागअनुसार धान उत्पादन हुन सकेको छैन । नेपालमा ६१ लाख मेट्रिक टन धानको माग छ ।
    तर चौधौँ त्रिवर्षीय योजनाको लक्ष्य भने प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले बताउनुभयो । कुल ५५ लाख मेट्रिक टनको लक्ष्य लिइएकामा योजना नसकिँदै ५६ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइसकेको छ । मौसम अनुकूल भएको र आवश्यक मलखाद लगायत सामाग्री समयमै उपलब्ध भएकाले धान उत्पादन बढेको दावी मन्त्रालयको छ ।
    गत आवमा ५१ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ४ लाख ५८ हजार मेट्रिक टनले उत्पादन बढेको छ । यो आठ दशमलव ८९ प्रतिशतले वृद्धि भएको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रेग्मीले जानकारी दिनुभयो ।
    गत वर्षको तुलनामा यो वर्ष धान खेती करीब २२ हजार हेक्टर क्षेत्रफल बढेको छ । गतवर्ष उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन रहेकोमा यस वर्ष तीन दशमलव ७६ प्रतिशत भएको छ । यो विगतको तुलनामा सात दशमलव २७ प्रतिशतले वृद्धि हो । मन्त्रालयका अनुसार वर्षे धानको उत्पादकत्व तीन दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर छ भने चैते धान चार दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर रहेको छ । 
    मन्त्रालयका सचिव युवकध्वज जिसीले समयमै पानी परेको, मलखादको व्यवस्था भएको, प्राकृतिक प्रकोप नभएको र यान्त्रिकीकरण र उन्नत जातको बीउको प्रयोग हुँदा धानको उत्पादन बढेको बताउनुभयो ।
प्रदेश नं २ मा दुई लाख मेट्रिक टन बढी उत्पादन 
    सात प्रदेशमध्य प्रदेश नं २ मा सबैभन्दा बढी धानको उत्पादन वृद्धि भएको छ । मन्त्रालयका अनुसार प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष दुई लाख नौ हजार मेट्रिक टनले धानको उत्पादन वृद्धि भएको जनाएको छ । उक्त प्रदेशमा यो वर्ष कुल १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै प्रदेश नं १ मा गत वर्षभन्दा एक लाख २९ हजार मेट्रिक टनले उत्पादन वृद्धि भएपनि अन्य प्रदेशमा भने न्यून वृद्धि भएको तथ्याङ्कमा देखिएको छ । प्रदेश नं १ मा यस वर्ष कुल १२ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । 
    उत्पादकत्वका हिसाबले प्रदेश नं ३ मा सबैभन्दा बढी तीन दशमलव ९० मेट्रिकटन प्रतिहेक्टर रहेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रदेश नं ५ मा कुल ११ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेश ३ मा पाँच लाख २१ हजार, गण्डकी प्रदेशमा चार लाख २७ हजार र कर्णाली प्रदेशमा एक लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार नेपालमा गएको वर्ष १४ लाख ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यसवर्ष १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यो वर्ष करीब ९७ प्रतिशत रोपाइँ भएको समेत मन्त्रालयले जनाएको छ । 
    मन्त्रालयका सचिव जिसीले अब उत्पादकत्व बढाउनेतर्फ मन्त्रालयको ध्यान गएको बताउनुभयो । उहाँले नेपालीहरूले पनि मिठो मसिनो चामल खोज्न थालेकाले सरकारले पनि त्यस्तै खालको धान उत्पादनमा जोड दिएको बताउनुभयो । “हामी मुख्य बालीमा आत्मनिर्भर उन्मुख छौँ भन्ने यो तथ्याङ्कले देखाउँछ,” जोशीले भन्नुभयो, “उत्पादन बढाउन अझै नयाँ प्रविधि र यान्त्रिकीकरणमा सरकारको जोड छ ।” उहाँले कृषिमा १० प्रतिशत मात्रै बजेट पु¥याउने हो भने माग धान्ने गरी उत्पादन बढ्नसक्ने बताउनुभयो । चालु आवमा कृषि क्षेत्रमा सरकारले कुल बजेटको तीन दशमलव दुई प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म  समृद्ध प्रदेश हुन सक्दैन्् ः मन्त्री साह   
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु
बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा
बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन 
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन 
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो