दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
मैथिली साहित्य परिषद सप्तरीको अध्यक्ष पदका लागी अजय कुमार झा र अवधेश कुमार झा बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
यस अघि अध्यक्ष पदका लागी उम्मेदवारी दिएका चार जना मध्ये आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं मैथिली भाषा विज्ञ डा.सुर्य प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।
आउँदो असार २ गते हुने निर्वाचनको मनोनयन फिर्ता लिने अन्तिम दिन मंगलवार अजय र अवधेशको उम्मेदवारी कायमै रहेकाले दुबै बीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
अजय परिषदको निवर्तमान सचिव एवं निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् भने अवधेश प्रेस मञ्चका महासचिव हुन ।
परिषदमा कुल ८ सय १७ मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत श्यामसुन्दर झाले जानकारी दिएका छन् । अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएका श्यामसुन्दर यादव र डा.सुर्य प्रसाद यादवको साथ र सहयोग जसले पाउने उसैले बाजी मार्ने अडकलबाजी गरिरहेका छन् ।
मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
सारांश
- यस अघि अध्यक्ष पदका लागी उम्मेदवारी दिएका चार जना मध्ये आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं मैथिली भाषा विज्ञ डा.
- सुर्य प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।
- आउँदो असार २ गते हुने निर्वाचनको मनोनयन फिर्ता लिने अन्तिम दिन मंगलवार अजय र अवधेशको उम्मेदवारी कायमै रहेकाले दुबै बीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया