मुलुक र जनताको समस्या समाधानका लागि बृहत एकता ः जसपा नेता महतो

राजविराज राजविराज
|
मंगलबार, आश्विन २७, २०७७
|
|
४३ पटक हेरिएको
Shares
मुलुक र जनताको समस्या समाधानका लागि बृहत एकता ः जसपा नेता महतो

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा मंगलबार पार्टीका नेता स्व.
  • धर्मनारायण रायको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
  •       मुलुकका दुई ठूला राजनीतिक पार्टीको कार्यशैलीलाई जनताले हेरिसकेको र तिनीहरुबाट मुलुकको समस्या समाधान नभएको टिप्पणी गर्दै उनले मुलुक र जनताको समस्या समाधानको लागि आफूहरु बृहत एकताका साथ अघि बढेको प्रष्ट पारे ।

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
    जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले मुलुकमा तेश्रो विकल्पको रुपमा राजनीतिक पार्टीको आवश्यकता रहेको भन्दै आफूहरु सोका लागि बृहत एकता गरेको बताएका छन् । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा मंगलबार पार्टीका नेता स्व. धर्मनारायण रायको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 
    मुलुकका दुई ठूला राजनीतिक पार्टीको कार्यशैलीलाई जनताले हेरिसकेको र तिनीहरुबाट मुलुकको समस्या समाधान नभएको टिप्पणी गर्दै उनले मुलुक र जनताको समस्या समाधानको लागि आफूहरु बृहत एकताका साथ अघि बढेको प्रष्ट पारे । 
    काँग्रेस र कम्युनिष्टका सरकारलाई जनताले पटक पटक हेरिसके बताउँदै नेता महतोले जनताको अपेक्षा अनुसार काम हुन नसकेका कारण अहिले विकल्पको रुपमा तेश्रो राजनीतिक पार्टी आवश्यकता भएको दाबी गरे ।
    उनले संविधान संशोधन नगरिकन सर्वस्वीकार्य हुन नसक्ने ठोकुवाका गर्दै उनले आफूहरु त्यसैका लागि संघर्षरत रहेको प्रष्ट समेत पारे । संविधान सबैको सर्वस्वीकार्य बन्नलाई जनताको समस्या पहिले समाधान हुनु जरुरी रहेको भन्दै उनले आफूहरु मधेशदेखी पहाडसम्मका सिमान्कृत जनताको आवाज मुखरित हुने गरि संविधान संशोधनमा डटेर लाग्ने प्रतिबद्धता जनाए । 
    जसपाका स्थानिय नेता जागेश्वर रायको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभालाई जसपाका अर्का नेता अनिल झा, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, केशव झा, मृगेन्द्र कुमार सिंह यादव, मनिष कुमार सुमन, सूर्यनाथ यादव, शम्भु झा, सतिश सिंह, दयानन्द गोइतले पनि सम्बोधन गरेका थिए । 
    सभामा संघीय सांसद चन्द्रकान्त चौधरीका साथै, गजेन्द्र कुमार मण्डल, दिपेन्द्र चौधरी, डा. टेक नारायण मण्डल, अमरनाथ मण्डल, मिभराज यादव लगायत जसपका नेताका साथै ठूलो संख्यामा सर्वसाधारण सहभागि रहेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका  कर्मचारीको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका  कर्मचारीको उपचारका क्रममा मृत्यु
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ