एक सातादेखी वेपत्ता महिला फेला परे

राजविराज राजविराज
|
शनिबार, कार्तिक ३, २०८१
|
|
२० पटक हेरिएको
Shares
एक सातादेखी वेपत्ता महिला फेला परे

सारांश

  •     उनलाई शनिवार नै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
  • बोल्न र कान सुन्न नसक्ने रोगले पीडित महिला पोखरेल बाटो विराएर यसरी अलपत्र र परिवारसंग सम्पर्क विहिन भएको अनुसन्धानको क्रममा खुलेको छ ।
  •  

    राजविराज÷एक साता अघि वेपत्ता भएकी एक महिला शनिवार सकुशल फेला परेकी छिन । असोज २६ गते दशैका टिकाका दिन देखि सम्पर्क विहिन भएकी सप्तरीको कंचनरुप नगरपालिका १२ रुपननगरकी बेचन कुमारी पोखरेल शनिवार फेला परेको प्रहरीले जनाएको छ । 
    दाजु शम्भु पोखरेलको घरमा टिका लगाउन जान्छु भन्दै निस्केकी ६२ वर्षिया पोखरेल बीच बाटो बाटै वेपत्ता भएकी थिइन । घरबाट करिब १ किलो मिटर टाढा रहेको दाजु शम्भुको घरमा टिका लगाएर आउँछु भन्दै निस्केकी दिदी त्यहाँ नपुगी बीच बाटो बाटै हराएपछी परिवारजनले खोजतलास शूरु गरेका थिए । 
    कतै कुनै सुराक नपाएपछी दिदीको अवस्था पत्ता लगाई दिन उनले प्रहरीमा समेत उजुरीं दिएका थिए । परिवारजनबाट सम्पर्क विहिन भएकी पोखरेलको हुलिया विवरण सहितको सम्पुर्ण विवरण प्रहरी कार्यालयहरुमा पठाई खोजतलास जारी रहेका बेला शनिवार राजविराज नगरपालिका क्षेत्रबाट आफन्त र प्रहरीले उनलाई फेला पारेको हो । 
    उनलाई शनिवार नै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । बोल्न र कान सुन्न नसक्ने रोगले पीडित महिला पोखरेल बाटो विराएर यसरी अलपत्र र परिवारसंग सम्पर्क विहिन भएको अनुसन्धानको क्रममा खुलेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?