प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
११९ पटक हेरिएको
Shares
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो

सारांश

  •     जिल्लाको शम्भुनाथ मन्दिरमा शुक्रबार अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लड्ु दासकी १५ वर्षिया छोरी निर्मलाको हुन लागेको बिवाह रोकिएको हो ।
  •   सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नं.
  • ६ रन्जितपुरका ३२ वर्षिय बिन्देश्वर दाससँग उनको विबवाह हुन लागेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 
    सप्तरीमा शुक्रबार हुन लागेको एक बालविवाह स्थानिय समाज र प्रहरीको संयुक्त हस्तक्षेपले रोकिएको छ । 
    जिल्लाको शम्भुनाथ मन्दिरमा शुक्रबार अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लड्ु दासकी १५ वर्षिया छोरी निर्मलाको हुन लागेको बिवाह रोकिएको हो । 
सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुरका ३२ वर्षिय बिन्देश्वर दाससँग उनको विबवाह हुन लागेको थियो । प्रहरीले सूचना पाएपछि प्रहरीको एक टोली बालिकाको घर पुगेको थियो । 
प्रहरी र नागरिक अगुवाले बेहुलीका आमाबुबालाई उमेर नपुगि छोरीको बिवाह गर्न पाइन्न् भन्ने कानुनी व्यवस्था बारे समेत सम्झाएपछि उनीहरु विवाह रोक्न राजी भएका थिए । 
आर्थिक अवस्था निकै कमजोर रहेका निर्मलाका आमाबुबाले आफूहरुसँग दाइजो दिने रकम नभएको तथा दाइजो बिना नै आर्थिक रुपमा सम्पन्न परिवारका केटा पाएकाले छोरीको उमेरको ख्यालै नगरि बिवाह गर्न लागेको सुनाए । तर, एकातिर छोरीको उमेर नपुगेको र अर्कोतिर दोब्बर उमेरका केटासँग बिवाह गर्नु हुदैन भन्ने बारे टोलीले सम्झाएपछि निर्मलाका आमाबुबा छोरीको बिवहाबाट पछि हटे । 
यता बेहुली लिन गएका गाडी रित्तै फर्किएको देखेपछि र गाडी चालकले बेहुलीको घरमा प्रहरी गएको खबर सुनाएपछि मन्दिरमा बिवाहका लागि तयार रहेका बेहुला,उनका परिवार तथा उनका आफन्तहरु हतार हतार त्यहाबाट भागे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले आफूहरुलाई बालविवाह बारे जानकारी आए लगत्तै त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको बताए । यसअघि जिल्लामा ६ महिनायता तीनवटा बालविवाह अभियन्ता र प्रहरीको संयुक्त प्रयासबाट रोकिएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ