प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
६८ पटक हेरिएको
Shares
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो

सारांश

  •     जिल्लाको शम्भुनाथ मन्दिरमा शुक्रबार अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लड्ु दासकी १५ वर्षिया छोरी निर्मलाको हुन लागेको बिवाह रोकिएको हो ।
  •   सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नं.
  • ६ रन्जितपुरका ३२ वर्षिय बिन्देश्वर दाससँग उनको विबवाह हुन लागेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 
    सप्तरीमा शुक्रबार हुन लागेको एक बालविवाह स्थानिय समाज र प्रहरीको संयुक्त हस्तक्षेपले रोकिएको छ । 
    जिल्लाको शम्भुनाथ मन्दिरमा शुक्रबार अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लड्ु दासकी १५ वर्षिया छोरी निर्मलाको हुन लागेको बिवाह रोकिएको हो । 
सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुरका ३२ वर्षिय बिन्देश्वर दाससँग उनको विबवाह हुन लागेको थियो । प्रहरीले सूचना पाएपछि प्रहरीको एक टोली बालिकाको घर पुगेको थियो । 
प्रहरी र नागरिक अगुवाले बेहुलीका आमाबुबालाई उमेर नपुगि छोरीको बिवाह गर्न पाइन्न् भन्ने कानुनी व्यवस्था बारे समेत सम्झाएपछि उनीहरु विवाह रोक्न राजी भएका थिए । 
आर्थिक अवस्था निकै कमजोर रहेका निर्मलाका आमाबुबाले आफूहरुसँग दाइजो दिने रकम नभएको तथा दाइजो बिना नै आर्थिक रुपमा सम्पन्न परिवारका केटा पाएकाले छोरीको उमेरको ख्यालै नगरि बिवाह गर्न लागेको सुनाए । तर, एकातिर छोरीको उमेर नपुगेको र अर्कोतिर दोब्बर उमेरका केटासँग बिवाह गर्नु हुदैन भन्ने बारे टोलीले सम्झाएपछि निर्मलाका आमाबुबा छोरीको बिवहाबाट पछि हटे । 
यता बेहुली लिन गएका गाडी रित्तै फर्किएको देखेपछि र गाडी चालकले बेहुलीको घरमा प्रहरी गएको खबर सुनाएपछि मन्दिरमा बिवाहका लागि तयार रहेका बेहुला,उनका परिवार तथा उनका आफन्तहरु हतार हतार त्यहाबाट भागे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले आफूहरुलाई बालविवाह बारे जानकारी आए लगत्तै त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको बताए । यसअघि जिल्लामा ६ महिनायता तीनवटा बालविवाह अभियन्ता र प्रहरीको संयुक्त प्रयासबाट रोकिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि  विभिन्न सामानको मुल्य दोब्बर
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले  
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले  
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार
एउटै नगरपालिकाका दश फरार प्रतिवादी पक्राउ
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते