दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
डिपिआर अनुसार काम नभएको भन्दै बसपार्क संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ध्यानआकर्षण गराएको छ ।
आईतवार राजबिराज २ बसपार्क संघर्ष समितिका पदाधिकारीले बसपार्क डिपिआर भित्र ब्यक्तिगत प्रयोजनका लागि नाला निर्माण र सडक बनाउने कार्य भईरहेको जानकारी गराएको छ ।
डिपिआर भित्र सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख सचिन्द्र कुमार देवले आप्mनो घर प्रयोजनको लागि नाला निर्माण कार्य गर्न लागेको आरोप लगाए ।
यता सिडिई देवले ब्यक्ति प्रयोजनाका लागि नभई बर्षायाममा बर्सेनि बस्ती डुवानका पर्ने गरेकोले पानी निकासका लागी नाला निर्माण गरे लागेको बताए ।
उनले डिपिआर अन्तर्गत नाला निर्माण सँगै सडक कार्य नभएको भन्दै त्यस्तो भएको छ भने वन्द गर्ने बताए । बसपार्क भित्र अतिक्रम हुन लागेको जग्गाको संरक्षण गर्नुको साथै बसपार्कको वरिपरी घेरबेर गर्नुपर्ने माँग गरेको संघर्ष समितिका संयोजक रामदेव यादबले बताए ।
यता बसपार्क भित्र रहेका भौतिक पुर्वाधार निर्माण गर्न जग्गा उपलब्ध हुन नसक्दाँ कठिनाई भएको सिडिई सचिन्द्र कुमार देवले जानकारी दिए । अहिले बसपार्कको डिपिआर भित्र नभएको राजबिराज वडा २ को वडा कार्यालय, कबर्ड हल बसपार्कको जग्गा अतिक्रमण गरी निर्माण गरिएको छ ।
राजबिराज नगरपालिकाले बसपार्क भित्र अतिक्रमण गरी बनाएको घरहरू हटाउन सकेको छैन भने बसपार्कको घेरबेर गर्न आलटाल गरेको संघर्ष समितिका सदस्य सुर्य नारायण यादबले आरोप लगाए ।
यता राजबिराज नगर प्रमुख शम्भु प्रसाद यादबले बसपार्कको कार्य तिब्र गतिमा भईरहेकोले बसपार्कको डिपिआर अनुसार काम भईरहेको र चाडै अतिक्रमित घर हटाई बसपार्कको जग्गा घेरबेर गर्ने जानकारी दिए ।
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग
सारांश
- आईतवार राजबिराज २ बसपार्क संघर्ष समितिका पदाधिकारीले बसपार्क डिपिआर भित्र ब्यक्तिगत प्रयोजनका लागि नाला निर्माण र सडक बनाउने कार्य भईरहेको जानकारी गराएको छ ।
- डिपिआर भित्र सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख सचिन्द्र कुमार देवले आप्mनो घर प्रयोजनको लागि नाला निर्माण कार्य गर्न लागेको आरोप लगाए ।
- यता सिडिई देवले ब्यक्ति प्रयोजनाका लागि नभई बर्षायाममा बर्सेनि बस्ती डुवानका पर्ने गरेकोले पानी निकासका लागी नाला निर्माण गरे लागेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया