दैनिक समाचारदाता
राजविराज, १८ असार ।
सप्तरीको खडक नगरपालिका स्थित कल्याणपुरमा रहेको एडभान्स अस्पतालभित्रै एक महिलामाथि बलात्कारको प्रयास भएको घटना बाहिरिएको छ ।
अस्पतालमा उपचार गराउन आएकी एक महिलामाथि त्यहाँका ल्याब असिटेन्ट श्यामकुमार मंडलले बलात्कारको प्रयास गरेको घटना बाहिरिएको हो ।
घटनाका आरोपित ल्याब असिस्टेन्ट श्याम कुमार मण्डललाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणीको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
ख्डक नगरपालिका कि २१ वर्षीया पीडित महिला बिहीबार राती करिब ११ बजे पिसाब अडिएर पेट दुखेको समस्याका कारण एम्बुलेन्सबाट उपचारका लागि एडभान्स अस्पताल पुग्नु भएकी थिईन ।
अस्पताल पुगेपछि त्यहाँ कार्यरत ल्याब असिस्टेन्ट मण्डलले भिडियो एक्स–रे कक्षमा लगेर गोप्य अंगहरुमा जथाभावी हात हाल्ने र सुम्सुमाउन थालेको र पीडित महिलाको आरोप छ । त्यसपछि आरोपित मण्डलले अर्को कोठामा लगेर पाइप मार्फत अडिएको पिसाब निकालेपछि जबरजस्ती गर्न खोजेको पीडितको भनाइ छ ।
घटना भएको भोली पल्ट शुक्रबार बिहानै ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएपछि अनुसन्धान अगाडी बढाइएको हो ।
घटनाका आरोपित मण्डललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले सोही बेला पक्राउ गरिसकेको र जाहेरी दर्ता गरी घटनाको विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको प्रहरी प्रवक्ता बस्नेतले बताउनुभयो ।
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
सारांश
- अस्पतालमा उपचार गराउन आएकी एक महिलामाथि त्यहाँका ल्याब असिटेन्ट श्यामकुमार मंडलले बलात्कारको प्रयास गरेको घटना बाहिरिएको हो ।
- घटनाका आरोपित ल्याब असिस्टेन्ट श्याम कुमार मण्डललाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणीको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
- ख्डक नगरपालिका कि २१ वर्षीया पीडित महिला बिहीबार राती करिब ११ बजे पिसाब अडिएर पेट दुखेको समस्याका कारण एम्बुलेन्सबाट उपचारका लागि एडभान्स अस्पताल पुग्नु भएकी थिईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया