दैनिक समाचारदाता
राजविराज, ५ असार ।
बाल अधिकार सुनिश्चितताको लागि हाम्रो अभियान मुल नारा रहेको घोषणापत्र बुधबार बिभिन्न पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला बाल क्लवका अध्यक्ष सलमा खातुनको नेतृत्वमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणा पत्र हस्तान्तरण गरिएको हो ।
नगरसभा, गाँउसभामा बालवालिकालाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रमहरु समावेश गर्ने उद्देश्यका साथ बुधबार खडक नगरपालिका तथा सुरुङगा नगरपालिकाका नगर प्रमुखलाई घोषणा पत्र हस्तान्तरण गरिएको जनाइएको छ ।
उक्त अवसरमा दुवै पालिकाका नगर स्तरीय बाल क्लवका सदस्यहरु तथा सबल नेपालका कर्मचारीहरु सहभागि रहेको थियो ।
सबल नेपालको विशेष पहल एवं सप्तरी जिल्ला बाल क्लव तथा पूर्व बाल क्लव सदस्यहरुद्धारा गत जेष्ठ २० र २१ गते जिल्लाको राजविराजमा प्रथम जिल्ला सम्मेलनको आयोजना गरी १२ बुँदे घोषणा पत्र जारि गरिएको थियो ।
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
सारांश
- जिल्ला बाल क्लवका अध्यक्ष सलमा खातुनको नेतृत्वमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणा पत्र हस्तान्तरण गरिएको हो ।
- नगरसभा, गाँउसभामा बालवालिकालाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रमहरु समावेश गर्ने उद्देश्यका साथ बुधबार खडक नगरपालिका तथा सुरुङगा नगरपालिकाका नगर प्रमुखलाई घोषणा पत्र हस्तान्तरण गरिएको जनाइएको छ ।
- उक्त अवसरमा दुवै पालिकाका नगर स्तरीय बाल क्लवका सदस्यहरु तथा सबल नेपालका कर्मचारीहरु सहभागि रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया