काँग्रेसमा धमाधम अधिवेशन सम्पन्न हुँदै

राजविराज राजविराज
|
सोमबार, मंसिर १३, २०७८
|
|
६१ पटक हेरिएको
Shares
काँग्रेसमा धमाधम अधिवेशन सम्पन्न हुँदै

सारांश

  •     सप्तरीको ४ नं.
  • क्षेत्र बाहेक सबै क्षेत्रमा सोमबारसम्ममा वडा, गाउँ, नगर र प्रदेशसभा क्षेत्रिय समितिको अधिवेशन सकिएको छ ।
  •       पछिल्लो पटक सप्तरीको क्षेत्र नं.

दैनिक समाचारदाता
राजबिराज, १३ मंसिर ।
    सप्तरीमा काँग्ेसको वडा, गाउँ र नगरको अधिवेशन सकिएपछि अहिले प्रदेशसभा क्षेत्रिय अधिवेशन र कार्यसमिति चुन्ने क्रम चलिरहेको छ । 
    सप्तरीको ४ नं. क्षेत्र बाहेक सबै क्षेत्रमा सोमबारसम्ममा वडा, गाउँ, नगर र प्रदेशसभा क्षेत्रिय समितिको अधिवेशन सकिएको छ । 
    पछिल्लो पटक सप्तरीको क्षेत्र नं. २ को क को प्रदेशसभा क्षेत्रिय कार्यसमितिको चयन गरिएको छ । यहाँ सहमति हुन नसक्दा निर्वाचन प्रणालीद्वारा नयाँ कार्यसमिति चयन गरिएको काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिए । 
    सोमबार बिहान घोषित मतगणना परिणाम अनुसार प्रदेशसभा क्षेत्रिय क को सभापतिमा संस्थापन पक्षका महेन्द्र यादव प्यानलसहित निर्वाचित भएका छन् । यादवले १ सय ६८ मत पाउँदा निकटतम प्रतिद्वन्दी संस्थापन इतर पक्षका ऐनेश्वर दासले ९२ मत मात्र प्राप्त गरे । 
    कुल ८ प्रदेश सभा क्षेत्रिय कार्यसमिति रहेको जिल्लामा हालसम्म ६ वटाको अधिवेशन सम्पन्न भएको छ । जसमध्ये संस्थापन पक्षका ४ र संस्थापन इतर पक्षिय २ जना सभापतिले जित हात पारेको छ । सप्तरीको ४ नं. प्रदेशसभा क्षेत्रको क र ख मा भने विवादका कारण अहिलेसम्म अधिवेशन हुन सकेको छैन् । 
    जिल्ला निर्वाचन अधिकारी डा. रुद्र प्रसाद शर्माले विवाद समाधान गरि एक दुई दिनमै त्यस क्षेत्रको पनि अधिवेशन सम्पन्न गराउन आफू लागि परेको बताएका छन् । 
    यसैबीच नेपाली काँग्रेसको निवार्चनमा मतगणामा रौचक घटना भएको छ । प्रदेश सभा २ नं. क्षेत्र ख को उपसभापतिमा एक जना उमेदवार गोला प्रथावाट छानिएका छन् ।
    संस्थापन पक्षका मानिएका रंजित कुमार चौधरी र संस्थापन ईतर पक्ष्का उम्मेदवार बिजय कुमार साह ले बराबर मत ल्याएपछि गोला प्रथावाट नतिजा टुङ्गयाइएको हो । 
    पार्टीका प्रवक्ता प्रभातकुमार ललनका अनुसार चौधरी र साह दुबैले १ सय २९ मत प्राप्त गरेका थिए । उपसभापति पदमा दुबैको मत बराबरी भएपछि सोमबार बिहान जिल्ला निर्वाचन अधिकारी रुद्र प्रसाद शर्माको उपस्थितिमा गरिएको गोलाप्रथामा साहले बाजी मारे । 
    सभापतिमा पनि संस्थापन इतर पक्षकै श्याम यादवले ५ मतले चुनाव जितेका थिए । यसअघि सम्पन्न राजविराज नगर सभापतिमा आनन्द कुमार झा र प्रदेश १ को क मा प्रदेश क्षेत्रिय सभापति पदमा परशुराम चौधरीले ५ मतको अन्तरले चुनाव जितिसकेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?