दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरी प्रहरीले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म (९ महिना) को अवधीमा डेढ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी चालु आ.ब. २०८२÷८३ मा विशेष कार्ययोजना लागु गरि विभिन्न कारवाहीमा १ करोड ५६ लाख २१ हजार ७ सय २१ रुँपैया राजश्व संकलन गर्न सफल भएको जानकारी दिएको छ ।
सार्वजनिक गरेको कार्य सम्पादन विवरण अनुसार अवैध मालसामान बरामद, लिलामी, फरार प्रतिवादी कार्यान्वयनतर्फ जरिवाना वसुली लगायतका विधामा गरिएको कारवाहीबाट उक्त राजश्व संकलन गरेको हो ।
प्रहरी उपरिक्षक गौतम कुमार केसीले राजश्व संकलन सबै भन्दा बढी भन्सार छली अवैध मालसामान बरामदबाट १ करोड ७ लाख १४ हजार १ सय ६८ रुँपैया भएको बताए । लिलामी प्रकृयाबाट १८ लाख ५४ हजार ६ सय १७, अदालती फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादीबाट जरिवाना वसुल २९ लाख ७ हजार ३ सय ३६ तथा नदीजन्य उत्खनन लगायतका विधामा १ लाख ४५ हजार ६ सय रुँपैया राजश्व संकलन गरिएको उनले जानकारी दिए ।
यसै अवधीमा प्रहरीले विभिन्न अपराधका २ सय ७८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । यस्तै २ हजार ९ सय ६० किलो प्रतिबन्धित लागुऔषध गाजा, ३ सय ८० ग्राम ब्राउन सुगर, लागुऔषध ठकर भएका विभिन्न ब्रान्डका सुई, ट्याबलेट, सिरप लगायतका सामाग्रि बरामद गर्नुका साथै विभिन्न अपराधका ५३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२०८२ फागुन सम्मको कार्य सम्पादन मुल्याङनमा मधेश प्रदेशमा पहिलो तथा मुलुकभरमा ५ औं स्थान प्राप्त गर्न सफल भएको सप्तरी प्रहरीले समाजमा भएको विद्यमान अपराध र विकृती, विसंगतिलाई निरुत्साहित गर्न थालिएको प्रहरीको भनाई छ ।
डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी चालु आ.
- ब.
- २०८२÷८३ मा विशेष कार्ययोजना लागु गरि विभिन्न कारवाहीमा १ करोड ५६ लाख २१ हजार ७ सय २१ रुँपैया राजश्व संकलन गर्न सफल भएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया