चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ

राजविराज राजविराज
|
बिहिबार, भाद्र १३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार राती २ बजेतिर कोशी ब्यारेज पलार क्षेत्रबाट अवैध रुपमा बँदेल मारेर फर्किदै गर्दा हतियारसहित ती १० जना पक्राउ परेका हुन् ।
  •       पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्वडिआइजी सुनसरीको इटहरी उपमहानगरपालिका २ का ६१ वर्षिय ज्ञान बिक्रम शाह, पूर्वउपसभामुख सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका जोगिनियाँ निवासी गंगाप्रसाद यादवका ४० वर्षिय छोरा आकाश यादव, नेपाल प्रहरीका बहालवाला सई बिराटनगर उपमहानगरपालिका ३ निवासी ३९ वर्षिय संजय न्यौपाने छन् ।
  • सई न्यौपाने हाल मधेश प्रदेशको बर्दिवास प्रहरी कार्यालयमा कार्यरत छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज पलार क्षेत्रमा बुधबार मध्यराती चोरी शिकारीमा नेपाल प्रहरीका पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सइसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार राती २ बजेतिर कोशी ब्यारेज पलार क्षेत्रबाट अवैध रुपमा बँदेल मारेर फर्किदै गर्दा हतियारसहित ती १० जना पक्राउ परेका हुन् । 
    पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्वडिआइजी सुनसरीको इटहरी उपमहानगरपालिका २ का ६१ वर्षिय ज्ञान बिक्रम शाह, पूर्वउपसभामुख सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका जोगिनियाँ निवासी गंगाप्रसाद यादवका ४० वर्षिय छोरा आकाश यादव, नेपाल प्रहरीका बहालवाला सई बिराटनगर उपमहानगरपालिका ३ निवासी ३९ वर्षिय संजय न्यौपाने छन् । सई न्यौपाने हाल मधेश प्रदेशको बर्दिवास प्रहरी कार्यालयमा कार्यरत छन् । 
    यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका जनार्दन राउत, ओमशंकर प्रसैला, लक्ष्मण मंडल, शंकर खिडहरी यादव, तिरहुत गाउँपालिकाका लक्ष्मी मंडल, राजविराज नगरपालिका ७ का रबिन दास र सुनसरीको इटहरी उपमहानगरपालिका २ का प्रदिप लिम्बु पनि पक्राउ परेका छन् । 
    उनीहरुको साथबाट २२ क्यालिबरको राइफल एक थान, राइफलको म्याग्जिन २ थान, सोमा प्रयोग हुने गोली १५ थान, बाइनाकुलर ३ थान, ट्राइपोर्टर एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, चोरी शिकारी गरी मारिएको बँदेल लोड गरिएको को.२त. ६९ नम्बरको ट्याक्टर तथा प्रदेश–३–०१–०२२च.६८५५ नम्बरको स्कारपियो बरामद भएको प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । 
    पक्राउ परेका सामानसहित सबैलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखी डिभिजन वन कार्यालय सप्तरीको समन्वयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
    गत वर्ष सोही क्षेत्रबाट प्रहरीले चोरी शिकारीमा संलग्न एक जना चिकित्सकलाई पक्राउ गरी कारवाहीका लागि डिभिजन वन कार्यालय सप्तरीलाई बुझाएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
सहिद नागेश्वरको  सम्झनामा श्रद्वाञ्जली सभा 
सहिद नागेश्वरको  सम्झनामा श्रद्वाञ्जली सभा 
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
पोखरीमा डुबेर  नाबालकको मृत्यु
पोखरीमा डुबेर  नाबालकको मृत्यु
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा