तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति

राजविराज राजविराज
|
आइतबार, बैशाख ३, २०८०
|
|
४५ पटक हेरिएको
Shares
तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति

सारांश

  •     वडा नं.
  • १ झुटकी पछवारी टोल बस्ने प्रयागलाल यादव, गोबिन्दलाल यादव र अयोधा यादब तिनै दाजु भाईको गोठ र परालको टालमा आगलागी भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार तीनै दाजुभाईको गाईगोठसहित परालको टाल जल्दा १ लाख ५० हजारको दरले ४ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख । 

    सप्तरीको राजगढ गाउँपालिकामा शनिबार आगलागि हुँदा तीन दाजुभाईको तीन वटा गाईगोठ जलेर नष्ट भएको छ । सो आगलागिमा ४ लाख ५० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  
    वडा नं. १ झुटकी पछवारी टोल बस्ने प्रयागलाल यादव, गोबिन्दलाल यादव र अयोधा यादब तिनै दाजु भाईको गोठ र परालको टालमा आगलागी भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार तीनै दाजुभाईको गाईगोठसहित परालको टाल जल्दा १ लाख ५० हजारको दरले ४ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको हो । 
    नेपाल प्रहरी, दमकल र स्थानिहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?