राजविराज/विश्व फर्मासिष्ट दिवस २०७८ को अवसरमा शनिबार एक कार्यक्रम गरि मनाइएको छ ।
नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा आउँदो कात्तिक महिनादेखी फर्मेसिष्टहरुको नियुक्ति प्रक्रिया अगाडी बढाउने बताएका छ ।
कार्यक्रमलाई सम्बोधन गर्दैैै मन्त्री साहले सरकारी अस्पतालमा मात्र नभई सम्र्पूर्ण निजि स्वास्थ्य संस्था तथा क्लिनिकहरुमा समेत फर्मेसिष्ट नियुक्त गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।
कार्यक्रममा मन्त्री साहले कोरोना संक्रमणका ज्यान गुमाएका राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत फार्मेसिष्ट राजन कुमार साफिका परिवारलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरे । सोही कार्यक्रममा मन्त्री साहले मरनोपरान्त औषधी ब्यवसायीमा लामो समयदेखी योगदान पुर्याएका रमेश प्रसाद साह, रामहरि साह, चान्सी सेन लगायत पाँच जनाको परिवारलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरे ।
नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति सप्तरीका अध्यक्ष सुजित कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख डा. रोहित पोखरेल, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झा, छिन्नमस्ता अस्पतालका संचालक शैलेन्द्र मोहन झा लगायतका वक्तहरुले मन्तव्य राखेका थिए ।
अस्पतालमा फर्मासिष्टहरुको नियुक्ती हुने : मन्त्री साह
सारांश
- कार्यक्रममा मन्त्री साहले कोरोना संक्रमणका ज्यान गुमाएका राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत फार्मेसिष्ट राजन कुमार साफिका परिवारलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरे ।
- सोही कार्यक्रममा मन्त्री साहले मरनोपरान्त औषधी ब्यवसायीमा लामो समयदेखी योगदान पुर्याएका रमेश प्रसाद साह, रामहरि साह, चान्सी सेन लगायत पाँच जनाको परिवारलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरे ।
- नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति सप्तरीका अध्यक्ष सुजित कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया