दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।
नेपाली काँग्रेसका केन्द्रिय अनुशासन विभागका प्रमुख एवं केन्द्रिय सदस्य आनन्द ढुंगानाले प्राप्त उपलब्धीको रक्षा पनि काँग्रेसले नै गर्ने बताएका छन् ।
मंगलबार सदरमुकाम राजविराजमा नेपाली काँग्रेस क्षेत्रिय समिति २ द्वारा “जनताको साथमा काँग्रेस” अभियान अन्तरगत आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
उनले जनताको अधिकारका लागि हरेक आन्दोलन र परिवर्तनको अगुवाई नेपाली काँग्रेसले नै गर्दै आएकोले अब प्राप्त उपलब्धीको रक्षा पनि काँग्ेसले नै गर्ने दाबी गरे ।
उनले प्राप्त उपलब्धीको रक्षा र मुलुकको समग्र विकास काँग्रेसले नै गर्न सक्छ भन्ने सन्देश गाउँ गाउँ पु¥याउन सबै एक ढिक्का भई लाग्न निर्देशन समेत दिए ।
क्षेत्रीय सभापति महानन्द यादवले पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर एक्यबद्ध भई निर्वाचनमा गए ठूलो सफलता मिल्ने जिकिर गरे ।
जिल्ला उपसभापति रामकुमार यादवले हालै सम्पनन स्थानिय तहको निर्वाचनमा पाँच पालिका जितेर नेपाली काँग्रेस जिल्लामै पहिलो पार्टी बनेको बताउँदै आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन भए सीट बाँडफाँडमा काँग्रेसले सम्मानजनक सीट पाउनु पर्ने माग राखे ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि डा. अनिल झा, इर्साद अन्सारी, प्रदेशसभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, काँग्रेस नगरसमितिका पूर्वसभापति शम्भुलाल देव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, क्षेत्रिय सचिव विष्णुदेव यादव लगायतले पनि बोल्दै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
सारांश
- मंगलबार सदरमुकाम राजविराजमा नेपाली काँग्रेस क्षेत्रिय समिति २ द्वारा “जनताको साथमा काँग्रेस” अभियान अन्तरगत आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
- उनले जनताको अधिकारका लागि हरेक आन्दोलन र परिवर्तनको अगुवाई नेपाली काँग्रेसले नै गर्दै आएकोले अब प्राप्त उपलब्धीको रक्षा पनि काँग्ेसले नै गर्ने दाबी गरे ।
- उनले प्राप्त उपलब्धीको रक्षा र मुलुकको समग्र विकास काँग्रेसले नै गर्न सक्छ भन्ने सन्देश गाउँ गाउँ पु¥याउन सबै एक ढिक्का भई लाग्न निर्देशन समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया