दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार कुटपिट र लुटपिट तथा जालसाजीका दुई महिलासहित ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुटपिट र लुटपिट घटनाका पुनम चौधरी र जालसाजी घटनाका मन्जुदेवी बरै छन् । दुबै जना राजविराज नगरपालिकाका बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार राजविराज नगरपालिका वडा नं. ३ निवासी बरैलाई सप्तरी जिल्ला अदालतले जालसाजी मुद्दामा १० रुपैया जरिवाना गरेको थियो ।
यस्तै राजविराज नगरपालिका २ निवासी पुनमलाई सप्तरी जिल्ला अदालतले कुटपिट र लुटपिट मुद्दामा १ सय १५ रुँपैया जरिवाना गरेको थियो ।
यसैगरि लुटपिट मुद्दाका ४, सवारी ज्यानका १, कुटपिट र लुटपिटका १ र जालसाजीका २ मुद्दाका गरि जम्मा ८ जना फरार अभियुक्तहरु पक्राउ परेको प्रहरीले जनाएको छ । ती सबै जना राजविराज नगरपालिकाकै बासिन्दा हुन् । उनीहरुलाई रु. ५ देखी एक सय रुपैया सम्म जरिवाना तोकिएको छ ।
अदालतबाट उक्त मुद्दाहरुमा फैसला भई कैद तथा जरिवाना तोकिएपछि उनीहरु फरार रहेको प्रहरीको भनाई छ । पक्राउ परेका आठै जनालाई आइतबार नै अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा कुटपिट र लुटपिट घटनाका पुनम चौधरी र जालसाजी घटनाका मन्जुदेवी बरै छन् ।
- दुबै जना राजविराज नगरपालिकाका बासिन्दा हुन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार राजविराज नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया