दैनिक समाचारदाता
बिरगंज, ६ चैत ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत नखुलेको रकम २० लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगन्जले स्रोत नखुलेको हुन्डीको रकमसहित पर्साको वीरगंज महानगरपालिका वडा नं. १७ अलौ बस्ने ५० वर्षिय विनय शंकर साह तुरहा रहेको सशस्त्र प्रहरी बल १३ नम्वर गणका सुचना अधिकारी मोहनराज निरौलाले जनाएका छन् ।
साहको साथबाट सशस्त्र प्रहरीले नेपाली १००० दरको १३०२ थान, नेपाली ५०० दरको १४०० थान, नेपाली ५० दरको १ थान र भारु १०० दरको ६ थान नोट बरामद गरिएको छ । मोटरसाईकलसहित नियन्त्रणमा लिई बिरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
भारतको रक्सौलबाट वीरगन्जतर्फ आउदै गरेको बीआर०५बीके८६०३ नम्बरको मोटरसाईकललाई बिषेश सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी गुल्म वीरगन्ज भन्सारले बरामद गरेको हो ।
सो रकमसहित पक्राउ परेका साथबाट वीरगंज भन्सार एजेन्ट संघ पर्सा लेखिएको निज विनय शंकर साह तुरहाको परिचय पत्र समेत बरामद भएको छ ।
श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
सारांश
- सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगन्जले स्रोत नखुलेको हुन्डीको रकमसहित पर्साको वीरगंज महानगरपालिका वडा नं.
- १७ अलौ बस्ने ५० वर्षिय विनय शंकर साह तुरहा रहेको सशस्त्र प्रहरी बल १३ नम्वर गणका सुचना अधिकारी मोहनराज निरौलाले जनाएका छन् ।
- साहको साथबाट सशस्त्र प्रहरीले नेपाली १००० दरको १३०२ थान, नेपाली ५०० दरको १४०० थान, नेपाली ५० दरको १ थान र भारु १०० दरको ६ थान नोट बरामद गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया