दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ४ कदमाहामा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयलाई घरधनीले घरभाडामा छुट दिएको छ ।
कारोना भाइरसको महामारीका कारण जारी लकडाउनमा सबै क्षेत्रलाई पारेको असरलाई ध्यानमा राखी घरधनी मुंगावत्ती चौधरीले चालु आ.ब.को असार महिनाको घरभाडा छुट दिएकी हुन् ।
शाखा कार्यालयका प्रमुख राजीव कर्णले घरधनी चौधरीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजमा उदाहरणीय कार्य गरेको बताए ।
शाखा प्रमुख कर्णले लकडाउनको समय भित्रै केही घरधनीले घरभाडा नदिई घरबाट निकाल्नुका साथै दिईरहेको अन्य सुविधाबाट वञ्चित गर्ने जस्ता अमानविय कार्यलाई घरधनी चौधरीले चुनौती दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा वित्तिय संस्थाले उनीप्रति आभार प्रकट गरेको बताए ।
यता घरधनी चौधरीले लकडाउनले सबैलाई आर्थिक तथा सामाजिक रुपमा हतोत्साही गरेको यस्तो संकटको घडीमा आफुले पनि संस्थाको समस्या बुझेर घरभाडमा छुट दिएको बताउँदै समाजमा बसेर एक अर्काको साथ दिनुको विकल्प नरहेकोले यस संकटको घडीमा सबै मिलेर अघि बढनु पर्ने सुझाव समेत दिइन् ।
कास्की जिल्लाको पोखरा उपमहानगरपालीका २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले देशका ५६ वटा जिल्लामा १०० वटा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गदै आइरहेको छ ।
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट
सारांश
- कारोना भाइरसको महामारीका कारण जारी लकडाउनमा सबै क्षेत्रलाई पारेको असरलाई ध्यानमा राखी घरधनी मुंगावत्ती चौधरीले चालु आ.
- ब.
- को असार महिनाको घरभाडा छुट दिएकी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया