अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र

राजविराज राजविराज
|
आइतबार, पौष १, २०७५
|
|
६१ पटक हेरिएको
Shares
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र

सारांश

  •     नवजात शिशु दुध खान नसकेपछि उनलाई वाहिर लैजान चिकित्सकले सल्लाह दिएका छन्, तर आर्थिक अवस्था कमजोर भएकाले वाहिर लैजान नसकिएको संगिताका पिता भोला सदाले लाचारी बताए ।
  •       उनले शनिवार परिवार र छरछिमेक सहित संचारकर्मीहरुको भेला मार्फत छोरीलाई न्याय दिलाउन पहल गरि दिन आग्रह गरेका छन् ।
  •     २०७४ साल पुस १ गते कोसी मेला हेर्न जान्छु भन्दै माईती घर सुरुङ्गा नगरपालिका ४ वाट निस्केकी संगिता सोही दिन शिवदत्तसँग भागि प्रेम विवाह गरेकी थिइन् ।

    राजविराज÷अन्तर जातिय प्रेम विवाह गरेकी एक सुत्केरी महिलाकी पति वेपत्ता भएपछि अलपत्र परेकी छिन् । 
    २०७४ साल पुस १ गते सो नगरपालिकाका २२ वर्षिय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तिन महिनादेखि सम्पर्क समेत नगरेपछि अहिले उनी अलपत्र परेकी हुन् ।
    मंसिर २२ गते लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा सल्यक्रियापछि उनले शिशु (छोरा) लाई जन्म दिएकी छिन् । तर, ती शिशुको अवस्था अहिले भने नाजुक छ ।
    नवजात शिशु दुध खान नसकेपछि उनलाई वाहिर लैजान चिकित्सकले सल्लाह दिएका छन्, तर आर्थिक अवस्था कमजोर भएकाले वाहिर लैजान नसकिएको संगिताका पिता भोला सदाले लाचारी बताए । 
    उनले शनिवार परिवार र छरछिमेक सहित संचारकर्मीहरुको भेला मार्फत छोरीलाई न्याय दिलाउन पहल गरि दिन आग्रह गरेका छन् ।
    २०७४ साल पुस १ गते कोसी मेला हेर्न जान्छु भन्दै माईती घर सुरुङ्गा नगरपालिका ४ वाट निस्केकी संगिता सोही दिन शिवदत्तसँग भागि प्रेम विवाह गरेकी थिइन् । 
    तिन महिना विभिन्न स्थानमा घुमाएर २०७४ साल चैत्र २ गते माइती मैं पु¥याएर केहि दिनमा लिन आउँछु भन्दै गएको पति हालसम्म फर्कि नआएको संगिताले सुनाइन । यता पतिका घरमा जाँदा सासु–ससुराले दलितकी छोरी भन्दै घरमा पस्न नदिएको संगिताले गुनासो गरिन् । 
    घरमा गयो भने दलितकी छोरी भनेर लखेट्छन् माइतीमा आयो भने तैले आफ्नो मनमर्जीले विवाह गरेर ठूलो गल्ती गरिस भन्छन्, अब म कसरी बाँच्ने ? संगिताले पिडा पोखिन् । 
    उनले पतिलाई सासु–ससुराले नै अर्को विवाह गराउने नियतले लुकाई राखेको आरोप पनि लगाएकी छिन् । नवजात शिशुलाई आफैले एक्लै पाल्न नसक्ने भन्दै उनले पनि न्यायका लागि पहल गरि दिन सबैसँग आग्रह गरेकी छिन् । 
    जनचेतना दलित संगम नामक संस्थाले निकै पहल र प्रयास पनि गरेका छन् तर सफलता भने मिल्न सकेको छैन् । संस्थाका कार्यकारी निर्देशक गणेश प्रसाद रामले संगिताको अवस्था हेरेर सामाजिक दवाव देखि प्रहरी सम्म पुगेपनि सफलता मिल्न नसकेको बताए ।
    यस्तै प्रहरीले पीडित संगिताको किटानी जाहेरीको आधारमा शिवदत्तको खोजी कार्य तिब्र बनाइएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण