पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन

राजविराज राजविराज
|
बुधबार, जेठ ७, २०८२
|
|
७५ पटक हेरिएको
Shares
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन

सारांश

  •     बुधवार सप्तरी सदरमुकाम राजविराजमा पत्रकारहरुसंग “परिचयात्मक कार्यक्रम” को आयोजना गरी उनले सुझाव संकलन गरिरहेको बताएका छन् ।
  •       कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष खडगाले अन्य जिल्लामा उक्त कार्यक्रम सम्पन्न गर्दै अन्त्यमा आफ्नो गृह जिल्लामा यस्तो कार्यक्रम गरिएको बताए ।
  • उनले पत्रकारिता क्षेलाई अझ विश्वसनीय, भरपर्दाे र गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षको सुझाव लिएर आफुले काम गर्ने प्रतिबद्धता समेत जनाए ।

दैनिक समाचारदाता
राजविराज, ७ जेठ । 

    मधेश प्रदेशको आमसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष जीतेन्द्र खडगाले आफ्नो कार्यकालमा मधेशका पत्रकारहरुको पेशागत हकहितको सुरक्षा, सम्मान, संरक्षण, क्रियाशिल मिडीया हाउसहरुको उत्थान तथा पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी प्रदेशको ८ वटै जिल्लामा सुझाव संकलन कार्यक्रम संचालन गरेको बताएका छन् । 
    बुधवार सप्तरी सदरमुकाम राजविराजमा पत्रकारहरुसंग “परिचयात्मक कार्यक्रम” को आयोजना गरी उनले सुझाव संकलन गरिरहेको बताएका छन् । 
    कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष खडगाले अन्य जिल्लामा उक्त कार्यक्रम सम्पन्न गर्दै अन्त्यमा आफ्नो गृह जिल्लामा यस्तो कार्यक्रम गरिएको बताए । उनले पत्रकारिता क्षेलाई अझ विश्वसनीय, भरपर्दाे र गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षको सुझाव लिएर आफुले काम गर्ने प्रतिबद्धता समेत जनाए । 
    उनले सुचना प्रविधीको विकाससंगै सत्य, तथ्य र आधिकारीक समाचार मार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सहि ढंगबाट अघि बढाउने जिम्मेवारी विशेष गरी पत्रकारिता क्षेत्र कै रहेको भन्दै यस क्षेत्रमा लागेका सबै अझ जिम्मेवार भइ काम गर्नू पर्नेमा जोड दिए । 
    कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारहरुको जिवन विमा, ज्येष्ठ पत्रकारहरुलाई पेन्सन, पत्रकारको सुरक्षा, सम्मान, अनलाईन मिडियाहरुको वर्गीकरण, मधेशका स्थानीय तहहरुद्वारा मिडिया ऐन ल्याउनका लागी पहल, स्थानीयस्तरका मिडियालाई प्रोत्साहन गर्न विभिन्न नीति निर्माण लगायतका कार्य अघि बढाउन सुझाव दिएका थिए । 
    कार्यक्रममा प्राधिकरणका निर्वतमान अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो कार्यकालमा भोग्नु परेको समस्याबारे अनुभव सुनाउँदै प्राधिकरणका नव नियुक्त अध्यक्षलाई पत्रकारीता क्षेत्रको विकासका लागी गर्ने हरेक कार्यमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउदै शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
राष्ट्रियसभा निर्वाचन तथा मधेशी दल
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी