मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ

राजविराज राजविराज
|
बुधबार, मंसिर २९, २०७८
|
|
९० पटक हेरिएको
Shares
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ

सारांश

  •     मलखाद्यको अभावमा लगाइएको बाली समेत नष्ट भइरहेको भन्दै मलखाद्य उपलब्ध गराउन माग गर्दै उनीहरुले राजविराजमा प्रदर्शन गर्दै प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
  •       प्रदर्शनका क्रममा किसानहरुले बुधबार दिउँसो राजविराजस्थित गजेन्द्र चौक, जनआन्दोलन चौक लगायतमा टायर बालेर आक्रोस जनाए ।
  • मलखाद्य नपाउँदा आक्रोसित बनेका किसानहरुले जिल्ला प्रहरी कार्यालय समेत घेराउ गर्न पुगेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 
    मलखाद्य नपाएको भन्दै सप्तरीका किसानहरुले बुधबार जिल्ला प्रशसन कार्यालय घेराउ गरेका छन् । 
    मलखाद्यको अभावमा लगाइएको बाली समेत नष्ट भइरहेको भन्दै मलखाद्य उपलब्ध गराउन माग गर्दै उनीहरुले राजविराजमा प्रदर्शन गर्दै प्रशासन कार्यालय घेराउ गरेका हुन् । 
    प्रदर्शनका क्रममा किसानहरुले बुधबार दिउँसो राजविराजस्थित गजेन्द्र चौक, जनआन्दोलन चौक लगायतमा टायर बालेर आक्रोस जनाए । मलखाद्य नपाउँदा आक्रोसित बनेका किसानहरुले जिल्ला प्रहरी कार्यालय समेत घेराउ गर्न पुगेका थिए । 
    एक सातादेखी गाउँपालिका तथा सदरमुकाम राजविराज दिनहुँ जसो धाउँदा पनि मलखाद नपाउँदा किसानहरु स्वस्फुर्त आन्दोलित भएका हुन् । 
    कृषि सामाग्रि संस्थानको डिपोहरुमा समेत बिहानै देखी लाम लाग्दा पनि मलखाद पाउन नसकेको र रित्तै फर्कनु परेको उनीहरुको दुःखेसो पोखेका छन् । 
    यसैबीच किसानहरु अन्दोलनमा उत्रेपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बुधबारै किसानका प्रतिनिधिहरुसँग वार्ता गरि अविलम्ब समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले माग अनुसारको मलखाद आपूर्ती हुन नसक्दा समस्या भएको बताए । 
    तत्काल ३५ हजार बोरा मलखाद्य आवश्यक देखिएकोमा ७ हजार ८ सय ३० बोरा मात्र उपलब्ध हुँदा समस्या देखिएको कृषि सामाग्रि संस्थानका डिपो इन्चार्जहरुले बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
करेन्ट लागेर यूवकको मृत्यु
करेन्ट लागेर यूवकको मृत्यु
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
फेरि त्रिविमा विद्यार्थी बढे