शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन

राजविराज राजविराज
|
सोमबार, माघ १९, २०७७
|
|
६४ पटक हेरिएको
Shares
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन

सारांश

  •     सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयेजनामा गत बर्ष सन् २०२० मा त्यहाँ रहेका राष्ट्रिय आधारभुत बिद्यालय पोखरीया बसनपटीमा मर्मत सम्भार सहित पुरै बिद्यलयमा रंगरोगन सम्पन्न गरेको हो ।
  •       साथै बालबिकाससहित ७ वटा कक्षा कोठाहरुमा समेत प्लाष्टर तथा ढालानको कार्य सम्पन्न गरि मर्मत सम्भार गरिएको सबल नेपालका शिक्षा फिल्ड अधिकृत निरबहादुर आलेले जानकारी दिएका छन् ।
  •     उक्त बिद्यालयमा ७ लाख ५० हजार खर्च गरि बिद्यालयमा अपाङ मैत्री भ¥याङ, ३ वटा शौचालयको मर्मत सम्भार र रंगरोगनका साथै कक्षा कोठा ब्यवस्थापनका लागि बालबिकाशदेखि कक्षा ३ सम्म समेत मर्मत सम्भार गरिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
    शिक्षा क्षेत्रलाई गुनस्तर बनाउने उद्देश्यले सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ७ मा रहेको एउटा बिद्यालयमा सबल नेपालले मर्मत सम्भार र रंगरोगनको कार्य सम्पन्न गरेको छ  ।
    सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयेजनामा गत बर्ष सन् २०२० मा त्यहाँ रहेका राष्ट्रिय आधारभुत बिद्यालय पोखरीया बसनपटीमा मर्मत सम्भार सहित पुरै बिद्यलयमा रंगरोगन सम्पन्न गरेको हो । 
    साथै बालबिकाससहित ७ वटा कक्षा कोठाहरुमा समेत प्लाष्टर तथा ढालानको कार्य सम्पन्न गरि मर्मत सम्भार गरिएको सबल नेपालका शिक्षा फिल्ड अधिकृत निरबहादुर आलेले जानकारी दिएका छन् ।
    उक्त बिद्यालयमा ७ लाख ५० हजार खर्च गरि बिद्यालयमा अपाङ मैत्री भ¥याङ, ३ वटा शौचालयको मर्मत सम्भार र रंगरोगनका साथै कक्षा कोठा ब्यवस्थापनका लागि बालबिकाशदेखि कक्षा ३ सम्म समेत मर्मत सम्भार गरिएको उनले बताए ।
    बालबिकाससहित कक्षा १ देखि ७ सम्म पुरै बिद्यालयमा रंगरोगन गरि बिद्यालय ब्यवस्थित गरिएपछि अहिले बिद्यार्थीहरु पढन आउदा खुशी भएको बिद्यालयका प्रअ उग्रनारायण चौधरीले बताए । 
    मर्मत सम्भारका कारण जीर्ण बन्दै गइरहेको बिद्यालयमा सबल नेपालले आफनो लगानी गरि मर्मत सम्भार गर्दा आफुहरु समेत खुशी भएको बताउदै ४ जनाको दरबन्दी रहेको बिद्यालयमा अहिले ३ जना शिक्षकले काम गरि रहेको बिद्यालयका प्रअ चौधरीको भनाई छ । 
    गत बर्ष शिक्षक उपेन्द्र चौधरी अवकाशपछि सो बिद्यालयमा एउटा दरबन्दी खाली भएको थियो । बालबिकास केन्द्रसहित कक्षा १ देखि ७ सम्म रहेको बिद्यालयमा जम्मा २०० बिद्यार्थी रहेका छन् । तीन वटा बालबिकस केन्द्रमा भने ३ जना महिला शिक्षिका समेत कार्यरत रहेको बिद्यालयले जनाएको छ । 
    सो बिद्यालयमा यसअघि बिभिन्न कार्यक्रमको आयोजना गरि शिक्षकहरुको लागि एकिकृत पाठेयक्रम सम्बन्धी तालिम समेत दिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 
दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद