दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती प्रसाद चौधरी चयन भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष चौधरीको अध्यक्षतमा ७ सदस्यीय समिति गठन भएको हो ।
गठित समितिको उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा रामनाथ चौधरी, सहसचिवमा राधा कुमार चौधरी र कोषाध्यक्षमा रन्जना चौधरी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शम्भु चौधरी र अनिता चौधरी चयन भएका छन् । यसैगरि अधिवेशनले बृजमान तामाङ, प्रियासिंह थारु, डम्बर राई र रामबहादुर चौधरीलाई सल्लाहकारमा चयन गरेको छ ।
यसअघि अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले नयाँ संरचनामा काम गर्न सजिलो नभएको बताएका छन् । उनले पहिलो चौमासिक सकिन लाग्दा खर्च भने कुल बजेटको १० प्रतिशत मात्र भएको भन्दै चालुमा ८ र पुँजिगतमा २ कर्मचारी मात्र रहेकोले यस्तो अवस्था सृजना भएको बताए । पत्रकार जगतलाई सुदृढिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।
जनजाती पत्रकार महासंघककी अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षता आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव, आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, जसपाका नेता विनोद चौधरी, थारु कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिवनारायण थारु, पत्रकार मनोहर पोखरेल, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्वअध्यक्ष बृजमान तमाङ्ग, जसपा मधेस प्रदेश २ समितिका उपाध्यक्ष शम्भु झा, रुपनी गापा अध्यक्ष हरेराम यादव लगाएकाले मन्तब्य ब्यक्त गरेका थिए ।
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
सारांश
- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष चौधरीको अध्यक्षतमा ७ सदस्यीय समिति गठन भएको हो ।
- गठित समितिको उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा रामनाथ चौधरी, सहसचिवमा राधा कुमार चौधरी र कोषाध्यक्षमा रन्जना चौधरी चयन भएका छन् ।
- यस्तै सदस्यहरुमा शम्भु चौधरी र अनिता चौधरी चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया