सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 

राजविराज राजविराज
|
सोमबार, चैत्र २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 

सारांश

  •     अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदालिँदै कार्यालयको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
  •       बिहान साढे आठ बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैया घुस लिदालिँदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ ।
  •       जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल ५८ वर्षे सेवा अवधी पुरागरि दुई दिनपछि नै सेवानिवृत हुन लागेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ चैत । 
    सेवा निवृत हुन दुई दिन मात्र बाँकी रहँदा राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल सोमबार बिहान घुस रकमसहित पक्राउ परेका छन् । 
    अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदालिँदै कार्यालयको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । 
    बिहान साढे आठ बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैया घुस लिदालिँदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ । 
    जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल ५८ वर्षे सेवा अवधी पुरागरि दुई दिनपछि नै सेवानिवृत हुन लागेका हुन् ।
    यता पक्राउ परेका नासु मण्डललाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सोमबारै क्षेत्रिय कार्यालय इटहरी लगिएको अख्तियारको टोलीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?