दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
नेपाली काँग्रेस सप्तरीको चार मध्ये तीन निर्वाचन क्षेत्रमा संस्थापन पक्षका सभापति निर्वाचित भएका छन् । महासमिति प्रतिनिधिमा समेत अधिकांश संस्थापन पक्ष कै उम्मेदवार बिजयी भएका छन् ।
शुक्रवार घोषित परिणाम अनुसार सप्तरीको क्षेत्र १ बाट ललन प्रसाद गुप्ता, २ बाट महानन्द प्रसाद यादब र ३ बाट भुपेन्द्र यादब निर्वाचित भएका हुन । क्षेत्र नं. ४ भने बिवादका कारण अझै अधिबेशन हुन नसकेको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
संस्थापन पक्षका मानिएका जिल्ला सभापति दिनेश कुमार यादबले सो क्षेत्रमा सम्पन्न भईसकेका केही ठाउमा पुन अधिबेशन गर्नुपर्ने भन्दै सासंद तेजुलाल चौधरीले अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।
सांसद चौधरीले सम्पन्न भईसकेका वडा गाउँ र नगर अधिबेशन कै आधारमा क्षेत्रिय अधिवेशन हुनुपर्ने अडान लिएको सभापति यादवको भनाई छ । तर, संस्थापन ईतर पक्षका मानिएका सासंद चौधरीले केही ठाउमा अधिबेशन क्रममा धांँधली भएको दाबी गर्दै सो ठाउमा पुनः अधिवेशन हुनुपर्ने अडान लिएका छन । जसकारण उक्त क्षेत्रमा अधिवेशन हुन सकेको छैन् ।
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
सारांश
- शुक्रवार घोषित परिणाम अनुसार सप्तरीको क्षेत्र १ बाट ललन प्रसाद गुप्ता, २ बाट महानन्द प्रसाद यादब र ३ बाट भुपेन्द्र यादब निर्वाचित भएका हुन ।
- क्षेत्र नं.
- ४ भने बिवादका कारण अझै अधिबेशन हुन नसकेको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया