दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सोमबार दिउँसो वर्षा भइरहेको बेला राजविराजस्थित राजरंगशालाको पर्खाल छेउमा गाडिएको बिजुलीको पोल ढलेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडीको सडक छेउमा पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढलेको हो ।
काम विशेषले सो कार्यालयमा आएका सेवाग्राहीहरुले कार्यालय बाहिर रंगशालाको पर्खाल छेउमा पार्किङ गरि राखेका मोटरसाइकलमाथी नै बिजुलीको पोल ढल्दा झण्डै एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ ।
प्रत्यक्षदर्शीका अनुसार सडक छेउ पार्किङ गरिएका मोटरसाइकल माथी नै बिजुलीको पोल ढल्दा त्यहा वरिपरिका रहेका मानिसहरुमा भागाभाग भएको थियो । पार्किङ गरि राखिएको ती मोटरसाइकलमा अचानक पोल ढल्दा मानविय क्षति भने नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
सारांश
- जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडीको सडक छेउमा पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढलेको हो ।
- काम विशेषले सो कार्यालयमा आएका सेवाग्राहीहरुले कार्यालय बाहिर रंगशालाको पर्खाल छेउमा पार्किङ गरि राखेका मोटरसाइकलमाथी नै बिजुलीको पोल ढल्दा झण्डै एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ ।
- प्रत्यक्षदर्शीका अनुसार सडक छेउ पार्किङ गरिएका मोटरसाइकल माथी नै बिजुलीको पोल ढल्दा त्यहा वरिपरिका रहेका मानिसहरुमा भागाभाग भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया