पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडीको सडक छेउमा पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढलेको हो ।
  •       काम विशेषले सो कार्यालयमा आएका सेवाग्राहीहरुले कार्यालय बाहिर रंगशालाको पर्खाल छेउमा पार्किङ गरि राखेका मोटरसाइकलमाथी नै बिजुलीको पोल ढल्दा झण्डै एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ ।
  •       प्रत्यक्षदर्शीका अनुसार सडक छेउ पार्किङ गरिएका मोटरसाइकल माथी नै बिजुलीको पोल ढल्दा त्यहा वरिपरिका रहेका मानिसहरुमा भागाभाग भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 

    सोमबार दिउँसो वर्षा भइरहेको बेला राजविराजस्थित राजरंगशालाको पर्खाल छेउमा गाडिएको बिजुलीको पोल ढलेको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडीको सडक छेउमा पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढलेको हो । 
    काम विशेषले सो कार्यालयमा आएका सेवाग्राहीहरुले कार्यालय बाहिर रंगशालाको पर्खाल छेउमा पार्किङ गरि राखेका मोटरसाइकलमाथी नै बिजुलीको पोल ढल्दा झण्डै एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ । 
    प्रत्यक्षदर्शीका अनुसार सडक छेउ पार्किङ गरिएका मोटरसाइकल माथी नै बिजुलीको पोल ढल्दा त्यहा वरिपरिका रहेका मानिसहरुमा भागाभाग भएको थियो । पार्किङ गरि राखिएको ती मोटरसाइकलमा अचानक पोल ढल्दा मानविय क्षति भने नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?