दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
जनता समाजवादी पार्टी (जसपा) का सप्तरी अध्यक्ष केदारप्रसाद यादवलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको परिसर भित्रै कुटपिट गरेको छ ।
अध्यक्ष यादव छलफलका लागि प्रहरी परिसरमा बसेको बेला प्रहरी निरीक्षक नवीन थापाले कुटपिट गरेको जनाइएको छ ।
उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ ।
नेता यादवमाथि कुटपिट भएपछि आक्रोशित बनेका जसपाका नेता कार्यकर्ताहरूले प्रहरी निरीक्षक थापालाई कारबाही हुनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरेका छन् ।
यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए । घटना बारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने प्रजिअ थापाले प्रतिबद्धता गरे ।
यस्तै जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहले अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा रहेको बेला प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापाले हातपात गरेको बताए । हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डीएसपी सिंहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
सारांश
- अध्यक्ष यादव छलफलका लागि प्रहरी परिसरमा बसेको बेला प्रहरी निरीक्षक नवीन थापाले कुटपिट गरेको जनाइएको छ ।
- उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
- कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया