दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक छ । नागरिकतामा कीर्ते गरि खाताधारीलाई थाहै नदिई बैंकमा खाता संचालन गरेर लाखौं रकम ठगि गर्ने धन्दामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका १२ घर भई हाल वडा नं. ५ मा बसोवास गर्दै आएका २० वर्षिय अरुण कुमार यादव र २८ वर्षिय अभिशेक यादव छन् ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार उनीहरुले २०८० असारमा राजविराज नगरपालिका वडा नं. १२ का बिजय कुमार यादवको चोरी भएको नागरिकतामा आफ्नो फोटो टाँस गरि किर्ते गरि बिराटनगरस्थित सिटिजन बैंकमा खाता खोलेका थिए । सोही खातामार्फत उनीहरुले ठगि धन्दा चलाउँदै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगि गरेको पाइएपछी अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएको उनले बताए ।
दुबै जनालाई शुक्रबार नै नागरिकता सम्बन्धी कसुर र ठगिमा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
पीडित बिजय कुमार यादवका अनुसार २०८० असार महिनामा आफ्नो चोरी भएको सप्तरी जिल्ला प्रशासन कार्यालयबाट जारि १६–०१–७१–०८८९५ नम्बरको नागरिकता प्रमाणपत्रमा किर्ते गरि उनीहरुले बिराटनगरस्थित सिटिजन बैंकमा १७००१०००००८०१० नम्बरको खाता संचालनमा ल्याएका थिए ।
त्यसपछी विभिन्न आकर्षक योजना र बैदेशिक रोजगारीको नाममा उनीहरुको चितवनकी करुणा सुनुवारबाट ९० हजार, सुनसरीका मनिकुमार राईबाट २ लाख ८१ हजार र आयुष राईबाट २ लाख १५ हजार रुँपैया ट्रान्सफरको माध्यमबाट झिकाई ठगि गरेका थिए ।
आफूलाइ थाहै नदिई खोलिएको खाताबाट ठगि धन्दा चलाएका व्यक्तिबाट ठगिएकाहरु आफू बिरुद्ध नै प्रहरीमा उजुरी दिएपछी प्रहरीलाई सबै कुरा जानकारी गराएको र सुक्ष्म अनुसन्धान हुँदा सत्यतथ्य बाहिरिएको पीडित बिजय यादवको भनाई छ ।
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ
सारांश
- पक्राउ पर्नेमा राजविराज नगरपालिका १२ घर भई हाल वडा नं.
- ५ मा बसोवास गर्दै आएका २० वर्षिय अरुण कुमार यादव र २८ वर्षिय अभिशेक यादव छन् ।
- प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार उनीहरुले २०८० असारमा राजविराज नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया