दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक छ । नागरिकतामा कीर्ते गरि खाताधारीलाई थाहै नदिई बैंकमा खाता संचालन गरेर लाखौं रकम ठगि गर्ने धन्दामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका १२ घर भई हाल वडा नं. ५ मा बसोवास गर्दै आएका २० वर्षिय अरुण कुमार यादव र २८ वर्षिय अभिशेक यादव छन् ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार उनीहरुले २०८० असारमा राजविराज नगरपालिका वडा नं. १२ का बिजय कुमार यादवको चोरी भएको नागरिकतामा आफ्नो फोटो टाँस गरि किर्ते गरि बिराटनगरस्थित सिटिजन बैंकमा खाता खोलेका थिए । सोही खातामार्फत उनीहरुले ठगि धन्दा चलाउँदै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगि गरेको पाइएपछी अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएको उनले बताए ।
दुबै जनालाई शुक्रबार नै नागरिकता सम्बन्धी कसुर र ठगिमा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
पीडित बिजय कुमार यादवका अनुसार २०८० असार महिनामा आफ्नो चोरी भएको सप्तरी जिल्ला प्रशासन कार्यालयबाट जारि १६–०१–७१–०८८९५ नम्बरको नागरिकता प्रमाणपत्रमा किर्ते गरि उनीहरुले बिराटनगरस्थित सिटिजन बैंकमा १७००१०००००८०१० नम्बरको खाता संचालनमा ल्याएका थिए ।
त्यसपछी विभिन्न आकर्षक योजना र बैदेशिक रोजगारीको नाममा उनीहरुको चितवनकी करुणा सुनुवारबाट ९० हजार, सुनसरीका मनिकुमार राईबाट २ लाख ८१ हजार र आयुष राईबाट २ लाख १५ हजार रुँपैया ट्रान्सफरको माध्यमबाट झिकाई ठगि गरेका थिए ।
आफूलाइ थाहै नदिई खोलिएको खाताबाट ठगि धन्दा चलाएका व्यक्तिबाट ठगिएकाहरु आफू बिरुद्ध नै प्रहरीमा उजुरी दिएपछी प्रहरीलाई सबै कुरा जानकारी गराएको र सुक्ष्म अनुसन्धान हुँदा सत्यतथ्य बाहिरिएको पीडित बिजय यादवको भनाई छ ।
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ
सारांश
- पक्राउ पर्नेमा राजविराज नगरपालिका १२ घर भई हाल वडा नं.
- ५ मा बसोवास गर्दै आएका २० वर्षिय अरुण कुमार यादव र २८ वर्षिय अभिशेक यादव छन् ।
- प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार उनीहरुले २०८० असारमा राजविराज नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया