क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 

राजविराज राजविराज
|
सोमबार, आषाढ ८, २०७७
|
|
२२ पटक हेरिएको
Shares
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 

सारांश

  •     फरार संक्रमित यूवाको सोमबारै दिउँसो धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त स्वाब परिक्षण रिपोर्टले कोरोना पोजेटिभ देखाएको थियो ।
  • उनलाई आइसोलेशनमा लैजाने तयारी गर्दै गरेको बेला विद्यालयको पछाडी पट्टी रहेको पर्खाल नाघेर भागेको क्वारेन्टाइनका स्वास्थ्य इन्चार्ज रामदेव यादवले बताए ।
  •     उनी गत जेठ २२ गते भारतको छत्तिसगढ राज्यबाट घर फर्किएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
    सप्तरीस्थित विभिन्न क्वारेन्टाइनबाट एकपछि अर्को आंशकित र संक्रमित फरार हुने क्रम बढ्दै गएको छ । पछिल्लो पटक सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित विपि स्मारक विद्यालयको क्वारेन्टाइन केन्द्रबाट एक २४ वर्षिय संक्रमित फरार भएका छन् । 
    फरार संक्रमित यूवाको सोमबारै दिउँसो धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त स्वाब परिक्षण रिपोर्टले कोरोना पोजेटिभ देखाएको थियो । उनलाई आइसोलेशनमा लैजाने तयारी गर्दै गरेको बेला विद्यालयको पछाडी पट्टी रहेको पर्खाल नाघेर भागेको क्वारेन्टाइनका स्वास्थ्य इन्चार्ज रामदेव यादवले बताए ।
    उनी गत जेठ २२ गते भारतको छत्तिसगढ राज्यबाट घर फर्किएका थिए । सोही दिन उनलाई क्वोन्टाइनमा राखिएको थियो ।
    उनी भागे लगत्तै इलाका प्रहरी कार्यालय भारदह तथा सम्बन्धित निकायलाई जानकारी गराएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले क्वारेन्टाइनबाट भागेका ती यूवा हनुमाननगर कंकालिनी नगरपालिका १ का बासिन्दा रहेको र उनको घर तथा आफन्तमा खोजतलास कार्य सुरु गरिएको जनाएको छ । 
    यता तीन दिन अघि मात्र राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रबाट एक गर्भवति महिला भागेकी थिइन् । उनको अवस्था अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन् । यस्तै सोही केन्द्रबाट एक साताअघि एक १८ वर्षिय यूवा पिसिआर परिक्षण रिपोर्ट नआउँदै भागेका थिए । बैशाख २९ गते डाक्नेश्वरी नगरपालिकास्थित क्वारेन्टाइन केन्द्रबाट पनि एक जना आंशकित पिसिआर रिपोर्ट नआउँदै भागेका थिए । 
    यसरी भागेका मध्ये दुई जना स्थानियवासी र प्रहरीको सहयोगमा पुनः क्वारेन्टाइनमा पठाइएपनि दुई जनालाई भने प्रहरी अझै फेला पार्न सकेको छैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वसांसद एवं जसपा नेता रायको निधन
पूर्वसांसद एवं जसपा नेता रायको निधन
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन