दैनिक समाचारदाता
सिरहा, २७ फागुन ।
विवेकशिल साझा पार्टीका प्रवक्ता डा. सूर्य राज आचार्यले पार्टीको दर्शन, लक्ष्य, मार्गदर्शक सिद्धान्त र मूल्य मान्यता वारे जानकारी दिएका छन् ।
“मधेश मन्थन” श्रृंखला २ बारे सोमबार सिरहाको लहानमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता डा. आचार्यले मुलुकमा भ्रष्टाचारले जडो गाड्दै गएकोले यसको अन्त नभएसम्म विकास सम्भव नहुने बताए ।
आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टीका प्रशिक्षक केदार दाहालले राज्यको प्रत्येक अंगमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउँदै समाजिक न्याय र आर्थिक न्यायको माग समेत उचित रहेको जिकिर गरे । उनले सुसंस्कृत राजनीति आवश्यक भएको भन्दै समग्र मधेश एक स्वायत्त प्रदेश र हिन्दी भाषालाई राजकाजको भाषाको माँगलाई उचित ठानेको उल्लेख गरे ।
सो अवसरमा मधेश केन्द्रित नेता आरडी आजाद, भोला प्रसाद मुखिया, सुरेन्द्र प्रसाद साहले ९० भाषी १ सय २६ जाती बसोवास रहेको नेपाललाई सामानुपातिक सिद्धान्तको आधारमा राज्यको प्रत्येक अंगमा प्रतिनिधित्व गराउनु पर्ने भन्दै हिन्दी भाषालाई मधेशमा सम्पर्क भाषाको रुपमा राख्न जोड दिए ।
सो अवसरमा डा. विजय मिश्रले मधेशको विभेदबारे विस्तृत जानकारी गराउदै आफुले नागरिकता लिन महिनौ कुर्नु परेको स्मरण समेत गराए ।
कार्यक्रममा वरिष्ठ पत्रकार अनिल कुमार अनल, ब्रहमदेव मण्डल, जवाहर प्रसाद यादव, श्रीमती कार्तिक कुमारी शर्मा, गिरी प्रसाद कन्हैया भट्ट, विनोद प्रसाद चौधरी आदि सहभागिहरुले मधेश समृद्ध भए मात्र देश समृद्ध हुने बताउँदै मधेश प्रतिको विभेद अन्त गर्नु आवश्यक र अपरिहार्य रहेकोमा जोड दिए ।
“भ्रष्टाचार अन्त नभएसम्म विकास सम्भव छैन्”
सारांश
- “मधेश मन्थन” श्रृंखला २ बारे सोमबार सिरहाको लहानमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता डा.
- आचार्यले मुलुकमा भ्रष्टाचारले जडो गाड्दै गएकोले यसको अन्त नभएसम्म विकास सम्भव नहुने बताए ।
- आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टीका प्रशिक्षक केदार दाहालले राज्यको प्रत्येक अंगमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउँदै समाजिक न्याय र आर्थिक न्यायको माग समेत उचित रहेको जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया