किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ

राजविराज राजविराज
|
सोमबार, मंसिर १६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ

सारांश

  •     राजविराज नगरपालिका ७ निवासी गौरी साहको अपहरण भएको भन्दै सोमबार आफन्तजन प्रदर्शन र तोडफोडमा उत्रेपछि प्रहरीले अपहरणमा परेको भनिएकी किशोरीका दाजु गोपाल साह, सोही वडा निवासी जय साह र राहुल रजकलाई पक्राउ गरेको हो ।
  •       पक्राउ परेकाहरुले राजविराज ७ स्थित ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
  •       घटना विवरण अनुसार राजविराज ७ निवासी देबेन्द्र साहकी १६ वर्षिया छोरी गौरी गत शनिबारदेखी वेपत्ता छिन् ।

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
    एक १६ वर्षिया किशोरीको अपहरण भएको भन्दै आफन्तजनले सडकमा प्रदर्शन गर्दै तोडफोडमा उत्रेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 
    राजविराज नगरपालिका ७ निवासी गौरी साहको अपहरण भएको भन्दै सोमबार आफन्तजन प्रदर्शन र तोडफोडमा उत्रेपछि प्रहरीले अपहरणमा परेको भनिएकी किशोरीका दाजु गोपाल साह, सोही वडा निवासी जय साह र राहुल रजकलाई पक्राउ गरेको हो । 
    पक्राउ परेकाहरुले राजविराज ७ स्थित ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । 
    घटना विवरण अनुसार राजविराज ७ निवासी देबेन्द्र साहकी १६ वर्षिया छोरी गौरी गत शनिबारदेखी वेपत्ता छिन् । ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा कार्यरत राजविराज ७ निवासी विकास कर्णसहित तीन जना मिलेर गौरीको अपहरण गरेको आफन्तजनले दाबी गरेको प्रहरीले जनाएको छ ।  
    यसबारे केटीका ठूलो बुबा राघवेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी समेत दिएका छन् । तर, तीन दिन बित्न लाग्दा समेत आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरेको भन्दै आक्रोसित आफन्तजन प्रदर्शनमा उत्रेका जनाइएको छ । 
    उनीहरुले किशोरी अपहरण गर्नेलाई अविलम्ब पक्राउ गर्न माँग गरेका छन् । प्रहरीले भने अपहरण भन्दा पनि यो विषय प्रेम प्रसङसँग जोडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जनाएको छ । 
    प्रहरी नायब उपरिक्षक तिलक भारतीले भने, “यो अपहरण नै हो भन्न सकिने अवस्था छैन्, प्रेम प्रसङसँग जोडिएको अवस्था पनि देखिएको छ, यद्दपी दुबै कोणबाट हाम्रो अनुसन्धान अघि बढेको छ ।” उनले किशोरी भगाउने केटा कर्णको खोजी कार्य तिब्र बनाइएको बताए । 
    विवाह सम्बन्धी नयाँ कानुन अनुसार २० वर्ष पूरा नभएसम्म बैधानिक रुपमा विवाह गर्न नपाउने व्यवस्था छ । यस्तो अवस्थामा खास गरेर भागेर आफूखुशी विहे गर्ने उमेर नपुगेका केटा–केटीका अभिभावकहरुले नयाँ कानुनी आधार लिँदै एक अर्काको परिवार बिरुद्ध नै अपहरण, शरीर बन्धक तथा जबरजस्तकरणी लगायतका मुद्दा दर्ता गराउन खोजेपछि प्रहरी प्रशासनले समेत तनाव झेल्नु पर्ने परिस्थिती उत्पन्न हुने गरेको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
हिन्दु राष्ट्र तथा गांै हत्यामा संलग्नलाई  कारवाहीको माग गर्दै प्रदर्शन
हिन्दु राष्ट्र तथा गांै हत्यामा संलग्नलाई  कारवाहीको माग गर्दै प्रदर्शन
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
क्षेत्र नं. ३ को २ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने 
क्षेत्र नं. ३ को २ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने 
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
मेलमिलाप सम्बन्धि तालिम शुरु 
मेलमिलाप सम्बन्धि तालिम शुरु 
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान