राजविराज÷नेपाल पत्रकार महासंघ प्रदेश नं. २ प्रादेशिक समितिको दोश्रो साधारण सभा शनिबार बिरगंजमा सम्पन्न भएको छ ।
उक्त सभामा २५ हजार राशीको प्रदेश पत्रकारिता पुरस्कार शत्रुध्न नेपाललाई प्रदान गरिएको छ भने सोही सभामा गत वर्षको सो पुरस्कार धर्मेन्द्र झालाई प्रदान गरियो ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी एवं महासंघ सप्तरी शाखाका पुर्व अध्यक्ष वैधनाथ झा, सिरहाका पुर्व अध्यक्ष चन्द्रदेव कामतीसहित आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
साधारणसभामा महासचिव किरण कर्ण र कोषाध्यक्ष प्रविण साहको प्रतिवेदन पारित गर्दै नयाँ सदस्यता र नविकरणको सन्दर्भमा जिल्ला समितिहरुबाट प्रदेश समितिमा पठाएका नामावली स्विकृत गर्ने, नयाँ सदस्यता र नविकरणमा प्रदेश समितिले गरेको पुनरावलोकनको हकमा थप छानविन गर्न केन्द्रीय समितिको संगठन विभागमा अन्तिम किनाराकालागि कागजातसहित पठाउने निर्णय गरिएको छ ।
प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतमा तथा महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख अतिथि सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि धर्मेन्द्र झा, अतिथि महासचिव रमेश बिष्ट, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, युनियन अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्य एवं मधेस उपसमितिका संयोजक अवधेशकुमार झा, केन्द्रीय सदस्यद्वय शैलेन्द्र झा र देवकुमार यादव, प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेख, विरगञ्ज मेयर विजय सरावगी, प्रेस नेपालका विजय कुशावाहा, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठ, प्रदेश अन्तर्गतका ८ जिल्लाका महासंघका अध्यक्ष र सचिवको सहभागिता रहेको प्रदेश सचिव एवं प्रचार विभाग संयोजक आर.एन. विश्वासले जानकारी दिएका छन् ।
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
सारांश
- साधारणसभामा महासचिव किरण कर्ण र कोषाध्यक्ष प्रविण साहको प्रतिवेदन पारित गर्दै नयाँ सदस्यता र नविकरणको सन्दर्भमा जिल्ला समितिहरुबाट प्रदेश समितिमा पठाएका नामावली स्विकृत गर्ने, नयाँ सदस्यता र नविकरणमा प्रदेश समितिले गरेको पुनरावलोकनको हकमा थप छानविन गर्न केन्द्रीय समितिको संगठन विभागमा अन्तिम किनाराकालागि कागजातसहित पठाउने निर्णय गरिएको छ ।
- प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतमा तथा महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख अतिथि सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि धर्मेन्द्र झा, अतिथि महासचिव रमेश बिष्ट, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, युनियन अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्य एवं मधेस उपसमितिका संयोजक अवधेशकुमार झा, केन्द्रीय सदस्यद्वय शैलेन्द्र झा र देवकुमार यादव, प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेख, विरगञ्ज मेयर विजय सरावगी, प्रेस नेपालका विजय कुशावाहा, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठ, प्रदेश अन्तर्गतका ८ जिल्लाका महासंघका अध्यक्ष र सचिवको सहभागिता रहेको प्रदेश सचिव एवं प्रचार विभाग संयोजक आर.
- एन.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया