राजविराज÷राजविराज वडा नं. ७ मा नवनिर्मित शनिदेव मन्दिरमा शनिबार प्रतिमा स्थापना गरि सविधि पूजापाठ सुरु भएको छ ।
करिब २५ लाख रुँपैयाको लागतमा निर्माण गरिएको मन्दिर नगरकै पहिलो शनि मन्दिर हो ।
राजविराज नगरपालिकाले राजविराज ७ मा ४ धुर जग्गा निशुल्क उपलब्ध गराएपछि ५ वर्षअघि मन्दिर निर्माण कार्य सुरु गरिएको मन्दिर सेवा समितिका अध्यक्ष उदयचन्द जैनले बताए ।
स्थानियको चन्दा सहयोगबाट २५ लाख रुँपैया खर्चेर शनिदेवको भव्य मन्दिर निर्माण गरिएको मन्दिर सेवा समितिका कोषाध्यक्ष घनश्याम झाले जानकारी दिए ।
मन्दिरमा शनिदेवको प्रतिमा स्थापना गर्नु अघि शनिबार सयौं महिला पुरुषको सहभागितामा कलश यात्रा निकालिएको छ । उनीहरुले पवित्र जलाशयहरुबाट जल भरेर बाजागाजासहित नगर परिक्रम गरि मन्दिरसम्म लगेका थिए ।
शनिदेवको प्रतिमा विधिवत् स्थापना र विशेष पूजासँगै मन्दिरमा भक्तजनको घुँइचो लागेको छ ।
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
सारांश
- स्थानियको चन्दा सहयोगबाट २५ लाख रुँपैया खर्चेर शनिदेवको भव्य मन्दिर निर्माण गरिएको मन्दिर सेवा समितिका कोषाध्यक्ष घनश्याम झाले जानकारी दिए ।
- मन्दिरमा शनिदेवको प्रतिमा स्थापना गर्नु अघि शनिबार सयौं महिला पुरुषको सहभागितामा कलश यात्रा निकालिएको छ ।
- उनीहरुले पवित्र जलाशयहरुबाट जल भरेर बाजागाजासहित नगर परिक्रम गरि मन्दिरसम्म लगेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
विशेष साधारण सभाको कुनै औचित्य छैन् ः सप्तरी जिल्ला बार
पत्रकार महासंघले छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने
करेन्ट लागेर घाइते भएका सुदर्शनलाई आर्थिक सहयोग
सामुदायिक प्रयासले पुनर्जीवन पायो सकरपुराको ऐतिहासिक पोखरी
निजि विद्यालयद्वारा परम्परालाई निरन्तरता
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
प्रतिक्रिया
० प्रतिक्रिया