दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
चौथो निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना गरिएको छ ।
फागुन १ देखी ८ गतेसम्म आयोजना हुने मतदात सप्ताह अन्तरगत सप्तरीको चार स्थानबाट मतदाता दर्ता गराउन छुटेकाहरुको फोटोसहितको मतदाता परिचय पत्र बनाइदै छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी, इलाका प्रशासन कार्यालय बोदेबसाईन, कंचनरुप र जिल्ला निर्वाचन कार्यालय सप्तरी गरि जिल्लाको चार स्थानबाट फोटोसहितको मतदाता परिचय पत्र बनाइदै छ ।
प्राप्त जानकारी अनुसार जिल्ला निर्वाचन कार्यालय सप्तरीबाट फागुन ७ गतेसम्म ४७ जनाले मतदाता परिचय पत्र बनाएका छन् । यस्तै तीन स्थानको तथ्याङ आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचन दिवसको अवसरमा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ खुरहुरियास्थित श्री जनता माविमा वक्तृत्वकला प्रतियोतिाको आयोजना गरेको थियो ।
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
सारांश
- फागुन १ देखी ८ गतेसम्म आयोजना हुने मतदात सप्ताह अन्तरगत सप्तरीको चार स्थानबाट मतदाता दर्ता गराउन छुटेकाहरुको फोटोसहितको मतदाता परिचय पत्र बनाइदै छ ।
- जिल्ला प्रशासन कार्यालय सप्तरी, इलाका प्रशासन कार्यालय बोदेबसाईन, कंचनरुप र जिल्ला निर्वाचन कार्यालय सप्तरी गरि जिल्लाको चार स्थानबाट फोटोसहितको मतदाता परिचय पत्र बनाइदै छ ।
- प्राप्त जानकारी अनुसार जिल्ला निर्वाचन कार्यालय सप्तरीबाट फागुन ७ गतेसम्म ४७ जनाले मतदाता परिचय पत्र बनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया