सप्तरीमा इदको रमझम

राजविराज राजविराज
|
बिहिबार, चैत्र २९, २०८०
|
|
८० पटक हेरिएको
Shares
सप्तरीमा इदको रमझम

सारांश

  • राजविराज ४ स्थित नुरीजामा मस्जिद अगाडी मुस्लिम समुदायका मात्र नभई हिन्दु धर्मावलम्बी पनि पुगी जकात दिएर धार्मिक सदभावको उदाहरण प्रस्तुत गरेका छन् ।
  • सामुहिक नवाज पश्चात कतै खीर त कतै विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै इद पर्व मनाइएको छ ।
  •     यस अवसरमा विगत वर्ष भैm यस वर्ष पनि नुरीजामा मस्जिद कमिटी तथा स्थानीय मुस्लिम अगुवाहरुको अगुवाईमा राजविराजको मुख्य बजार क्षेत्रको मेनरोडमा तबरुख (सेवई खीरको प्रसाद) वितरण कार्यक्रमको आयोजना गरियो ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 

    एक महिने लामो रमजानको समाप्तीसंगै सप्तरीका मुस्लिम समुदायले विहिवार पवित्र पर्व इद धुमधामका साथ मनाएका छन् । 
राजविराज ४ स्थित नुरीजामा मस्जिद अगाडी मुस्लिम समुदायका मात्र नभई हिन्दु धर्मावलम्बी पनि पुगी जकात दिएर धार्मिक सदभावको उदाहरण प्रस्तुत गरेका छन् । सामुहिक नवाज पश्चात कतै खीर त कतै विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै इद पर्व मनाइएको छ ।
    यस अवसरमा विगत वर्ष भैm यस वर्ष पनि नुरीजामा मस्जिद कमिटी तथा स्थानीय मुस्लिम अगुवाहरुको अगुवाईमा राजविराजको मुख्य बजार क्षेत्रको मेनरोडमा तबरुख (सेवई खीरको प्रसाद) वितरण कार्यक्रमको आयोजना गरियो । जसमा हिन्दु समुदायका ब्यक्ती पनि उल्लेख्य संख्यामा सहभागी भई तवरुख (सेवइ खीरको प्रसाद) ग्रहण तथा एक अर्कालाई अंगालो हालेर शुभकामना आदान प्रदान गरे । 
    इद पर्व मनाउन मस्जिद तथा इदगाहहरुमा विहानैदेखी मुस्लिम धर्मावलम्बीहरु पवित्र नमाजका लागी एकत्रित भई सामुहिक नमाजमा सरिक भएका थिए । नेपाली काँग्रेस युवा नेता एवं नुरी जामा मस्जिद कमिटिका महासचिव इर्साद अंसारीले इदको नमाज पढनु पुर्व रोजामा भएको त्रुटी र रोजामा थप शुद्धताका लागी प्रत्येक ब्यक्तीले २ किलो ४५ ग्रामका दरले खाद्यान्न वा सो वराबरको रकम फितराको रुपमा दान गरेको बताए ।
    नुरी जामा मस्जिदका अध्यक्ष तैयव अंसारीले हरेक उमेर समुहका ब्यक्ती सहभागी भएको यस पर्वको मुख्य उद्देश्य आपसी भाइचारा र सदभाव कायम राख्नु र आर्थिक रुपमा कमजोर भएकाले सहयोग गर्नु रहेको बताए । 
    मुस्लिम अगुवा फैयाज अंसारीले  बजार क्षेत्रमा आयोजना गरिएको तबरुख वितरण कार्यक्रममा मुस्लिम र हिन्दु समुदायका गरी २ हजार भन्दा बढी सर्वसाधारण सहभागी भई प्रसाद ग्रहण गरेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता 
सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता 
खैरो हेरोइनसहित दुई पक्राउ
खैरो हेरोइनसहित दुई पक्राउ
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 
नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो
नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?