अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका  फरार अभियुक्त १० वर्षपछि पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
१७ पटक हेरिएको
Shares
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका  फरार अभियुक्त १० वर्षपछि पक्राउ

सारांश

  •     आफ्नै छिमेकी एक यूवाको अपहरण गरेको आरोपमा अदालतबाट ९ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.
  • १ निवासी भोलेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
  •       यादवमाथी छिमेकी १७ वर्षिय संजिवकुमार साहको अपहरण गरि वेपत्ता बनाएको आरोपमा तत्कालिन पुनरावेदन अदालत राजविराजले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र २५ हजार जरिवाना सजायको आदेश दिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
    सप्तरी प्रहरीले अपहरण मुद्दामा अदालतबाट ९ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गर्न सफल भएको छ । 
    आफ्नै छिमेकी एक यूवाको अपहरण गरेको आरोपमा अदालतबाट ९ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी भोलेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । 
    यादवमाथी छिमेकी १७ वर्षिय संजिवकुमार साहको अपहरण गरि वेपत्ता बनाएको आरोपमा तत्कालिन पुनरावेदन अदालत राजविराजले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र २५ हजार जरिवाना सजायको आदेश दिएको थियो । सो आदेश लगत्तै फरार भएका उनी भारतमा बस्दै आएका थिए । 
    प्रहरीका अनुसार २०६७ साल कात्तिक २६ गते साँझ घर नजिकैको पोखरी किनारमा छठ पर्व मनाउन गएका बेला भोलेन्द्र नेतृत्वको एक समूहले संजिवको अपहरण गरेको थियो । संजिवको अवस्था भने अहिलेसम्म अज्ञात नै छ । 
    महाशिवरात्री पर्व मनाउन बिहीबार गाउँ पुगेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनलाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरि शुक्रबार अदालतमा उपस्थित गराएको छ । पक्राउ परेका यादवले संजिवको अवस्था बारे अझै केही नखुलाएको प्रहरीले जनाएको छ । 
    अपहरणपछि भारतमै लुकेर बसेका यादवले संजिवका आफन्तलाई फोन गरि ५० लाख रुँपैया फिरौती माग गरेका थिए । जसमधये पटक पटक गरि संजिवका आफन्तले १३ लाख ५ हजार रुँपैया फिरौतीसमेत सीमावर्ती भारतीय क्षेत्रमा गई भोलेन्द्रले भनेको व्यक्तिलाई बुझाएका थिए । 
    यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु आर्थिक वर्षको हालसम्ममा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेकाहरुको पक्राउ विवरण शुक्रबार सार्वजनिक गरेको छ । 
    चालु आ.ब.को ८ महिनामा विभिन्न अभियोगका ५ सय ६५ फरार अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ । यसरी पक्राउ परेका अपराधीहरुबाट १३ लाख ८९ हजार १ सय ८३ रुँपैया जरिवाना असुली भएको छ भने ९१ वर्ष ११ महिना ४ दिन अदालतको कैद वक्यौता असुली प्रक्रिया अघि बढिसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?