प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै

राजविराज राजविराज
|
मंगलबार, आश्विन ५, २०७८
|
|
४१ पटक हेरिएको
Shares
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै

सारांश

  •     बि.
  • स.
  • २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेकी उनको पतिले घर लान र पत्नि बनाएर राख्न अस्विकार गरेपछि अलपत्रमा परेकी हुन् ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षिया एक युवतीलाई पतिले राख्न नमानेपछि अहिले उनी अलपत्रमा परेकी छिन् । 
    बि.स. २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेकी उनको पतिले घर लान र पत्नि बनाएर राख्न अस्विकार गरेपछि अलपत्रमा परेकी हुन् । 
    चार वर्ष अघि उनले सोही गाउँपालिका ३ का २४ वर्षिय सानु चौधरीसँग अन्तरजातिय प्रेम विवाह गरेकी थिइन् । 
    प्रेम विवाह गरेको भोली पल्टैदेखी राजविराज ७ स्थित चन्द्र नारायण देवको घरमा भाडाको कोठा लिई एक्लै उनी बस्दै आएकी छिन् । केही समय पति चौधरीसँगै बसेपनि विगत लामो समयदेखी सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनको भनाई छ । 
    स्नातकसम्म पढेकी उनी अहिले टोलकै केही बालबालिकालाई ट्युसन पढाएर जसोतसो दैनिकी जिवन यापन गरिरहेकी छिन् । उनले पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको समेत बताइन् । 
    उनी न्यायका लागि लामो समयदेखी प्रहरी र अदालतमा धाईरहेकी छिन् । न्यायमा ढिलाई भएपछि मंगलबार संचारकर्मी र अधिकारकर्मी समक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । 
    चौधरी र उनका आफन्तले १० लाख रुँपैया लिएर अर्को केटासँग विहे गर्न धम्क्याइरहेको बताउँदै प्रलोभन देखाउने गरेको भन्दै आफूले नमानेको पीडित युवतीको भनाई छ ।
    उनका अनुसार घटना सार्वजनिक भएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई पक्राउ गरि एक दिन थुनामा पनि राखेको थियो । हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् । तर, चौधरीले अझै विहे गर्न नमानेको उनले बताईन् । 
    यसैबीच प्रहरीले जबरजस्तीकरणी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गरेपछि मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले सानुसँगै विहे गराईदिन्छु भन्दै जाहेरी फिर्ता लिन दबाब दिएपछि एउटा कागजमा हस्ताक्षर गराएको उनको भनाई छ । 
    २०७८ बैशाख ३ गते सप्तरी जिल्ला अदालतको आदेशले सानु २ लाख धरौटी बुझाएर रिहा भए । त्यस पश्चात् पनि सोनु र उनका आफन्तले उनलाई स्वीकार गर्न तयार भएनन् ।
    यता सानुले ती युवतीसँग सामान्य चिनजान मात्र भएको र त्यस्तो सम्बन्ध कहिल्ले नभएको दाबी गरेका छन् । यूवतीले लगाएका सबै आरोप बनावटी र गलत रहेको र आफूलाई बदनाम गर्ने तथा फसाउने नियत रहेको भन्दै सोनुले ती यूवतीसँग विवाह नगरेको दाबी पनि गरे । 
    प्रहरीमा जबरजस्तीकरणी मुद्दामा झुठो जाहेरी दिएको र आफू पक्राउ परेको स्वीकारे पनि आफूले जरबजस्तीकरणी नगरेको र उनीसँग विहे गर्ने भनेर प्रहरी कार्यालयमा कुनै कागज पनि नगरेको दाबी गरेका छन् । 
    यस सम्बन्धमा सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले दुबै पक्षलाई राखी सहमतिबाटै निकासको प्रयास गरिएको बताउँदै छलफलमा भएको मौखिक सहमतिको पालना नभएपछि जबरजस्तीकरणी मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको र मुद्दा अदालतमा पुगेको जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?