इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग

राजविराज राजविराज
|
बुधबार, बैशाख ३१, २०७७
|
|
७३ पटक हेरिएको
Shares
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग

सारांश

  •     इम्प्याक्ट नेपाल काठमाडौंले राजविराज वडा नं.
  • ९ मलेठस्थित  प्राथमिक कान उपचार केन्द्रको समन्वयमा ७ लाख बढी मुल्य बराबरको स्वास्थ्य सामाग्रिहरु नगर प्रमुख शम्भु प्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् ।
  •       हस्तान्तरण गराइएको सामाग्रिहरुमा केएन ९५ रेसपिरेटर्स मास्क २ सय थान, थ्री प्लाई सर्जिकल मास्क २ हजार थान, पिपिसी १ सय, सेफ्टी चश्मा २ सय थान, आई आर थर्मोमिटर १०, सुजकोभर १ सय जोडा, हेडकोभर १ सय र लेटेक मेडिकल ग्रेड डिस्पोजल २० हजार थान लगायतका स्वास्थ्य सामाग्रिहरु रहेको केन्द्रका सहायक नरेश कुमार यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
    राजविराज नगरपालिकाको कार्यालयलाई काठमाडौंस्थित एक गैरसरकारी संस्थाले बुधबार विभिन्न स्वास्थ्य सामाग्रिहरु सहयोग गरेको छ । 
    इम्प्याक्ट नेपाल काठमाडौंले राजविराज वडा नं. ९ मलेठस्थित  प्राथमिक कान उपचार केन्द्रको समन्वयमा ७ लाख बढी मुल्य बराबरको स्वास्थ्य सामाग्रिहरु नगर प्रमुख शम्भु प्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् । 

    हस्तान्तरण गराइएको सामाग्रिहरुमा केएन ९५ रेसपिरेटर्स मास्क २ सय थान, थ्री प्लाई सर्जिकल मास्क २ हजार थान, पिपिसी १ सय, सेफ्टी चश्मा २ सय थान, आई आर थर्मोमिटर १०, सुजकोभर १ सय जोडा, हेडकोभर १ सय र लेटेक मेडिकल ग्रेड डिस्पोजल २० हजार थान लगायतका स्वास्थ्य सामाग्रिहरु रहेको केन्द्रका सहायक नरेश कुमार यादवले जानकारी दिए । 

    ती सामाग्रि बुझ्दै नगर प्रमुख यादवले प्राप्त स्वास्थ्य सामाग्रि गजेन्द्र नारायण सिंह अस्पताल, साईकृष्णा अस्पताल, युनिक अस्पताल तथा विभिन्न स्वास्थ्य चौकी तथा क्वारेन्टाइन केन्द्रमा आवश्यकता अनुसार तत्कालै बितरण गर्ने व्यवस्था मिलाउने जानकारी समेत दिए । 
    सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत मदन थापा, अधिकृत प्रप्रुल्ल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यता गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासले स्वास्थ्य सामाग्रिको अभावका बीच जोखीमपूर्ण अवस्थामा स्वास्थ्यकर्मीहरु काम गर्न बाध्य भएको बेला प्राप्त सहयोगले थोरै भएपनि राहत मिल्ने जिकिर गरे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो
आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो
चार वर्षपछि एउटै मञ्चमा  देखिए नेकपा र राजपाका नेता
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
स्वास्थ्य सामग्री हस्तान्तरण 
स्वास्थ्य सामग्री हस्तान्तरण 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै