दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
विभिन्न क्षेत्रमा योगदान पु¥याउने मधेशका एक सय जनालाई ‘मधेश नायक’ (हिरोज अफ मधेश) अवार्ड बाट सम्मानित गरिने घोषाण गरिएको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रनेता स्व. गजेन्द्र नारायण सिंहको राजविराज ३ स्थित समाधिस्थलमा विहिबार एक कार्यक्रमको आयोजना गरी आयोजक मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहले सो घोषणा गरेका हुन ।
अवार्डका लागी कार्यक्रममा सहभागी हुन पुस मसान्त सम्मका लागी समय सिमा तय गरिएको जानकारी दिदै कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष सिंहले ईच्छुकहरुलाई समय सिमाभित्र आवेदन दिन आहवान गरे ।
विदेशमा रहेर मधेश र राष्ट्रका लागी योगदान पु¥याउने व्यक्तित्वहरु समेत अवार्डका लागी आवेदन गर्न पाउने व्यवस्था मिलाएको उनले बताए ।
भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, खेलकुद, पत्रकारिता, समाजसेवा लगायतका १० विद्यामा आवार्ड प्रदान गरिने जानकारी दिएका उनले चयन प्रकृया सम्बद्र्घ क्षेत्रका बिज्ञहरुको मुल्यांकन समितिद्वारा आवश्यक मापदण्ड तयार गरी गरिने बताए ।
उनले मधेशको अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका नेता सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनकै समाधि स्थलमा आएर कार्यक्रमको घोषणा गरेको बताए ।
अवार्डका लागी आवेदकहरुबाट प्राप्त डकुमेन्ट, स्थलगत अध्ययन तथा सर्वसाधारणबाट भोटिङ्ग लगायतका प्रकृयाको आधारमा आवार्ड विजेताको चयन गरिने उनको भनाई छ ।
माघ अन्तिम साता अवार्ड विजेताहरुको नाम सार्वजनिक गरी एक भव्य समारोह विच सम्मान गर्ने कार्यक्रम तय भएको अध्यक्ष सिंहले जानकारी दिए ।
एक सय जनालाई “हिरोज अफ मधेश” अवार्ड प्रदान गरिने
सारांश
- नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रनेता स्व.
- गजेन्द्र नारायण सिंहको राजविराज ३ स्थित समाधिस्थलमा विहिबार एक कार्यक्रमको आयोजना गरी आयोजक मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहले सो घोषणा गरेका हुन ।
- अवार्डका लागी कार्यक्रममा सहभागी हुन पुस मसान्त सम्मका लागी समय सिमा तय गरिएको जानकारी दिदै कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष सिंहले ईच्छुकहरुलाई समय सिमाभित्र आवेदन दिन आहवान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया