वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, आषाढ २४, २०७७
|
|
३९ पटक हेरिएको
Shares
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन

सारांश

  •     गाउँबाट प्रदर्शनसहित राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
  •       पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ ।
  •       यस्तै मुहान थुनिदा पानीको उच्च दवावले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराकाबासिले वर्षाको पानी निकास नहुँदा दर्जनौं घर, सय विगहा भन्दा बढी धान खेती जग्गा डुवानमा परेको भन्दै बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । 
    गाउँबाट प्रदर्शनसहित राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । 
    पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ । 
    यस्तै मुहान थुनिदा पानीको उच्च दवावले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 
सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग
पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
वैश्य महासंघको मेची–महाकाली अभियान
वैश्य महासंघको मेची–महाकाली अभियान
माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने