वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, आषाढ २४, २०७७
|
|
१२१ पटक हेरिएको
Shares
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन

सारांश

  •     गाउँबाट प्रदर्शनसहित राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
  •       पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ ।
  •       यस्तै मुहान थुनिदा पानीको उच्च दवावले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराकाबासिले वर्षाको पानी निकास नहुँदा दर्जनौं घर, सय विगहा भन्दा बढी धान खेती जग्गा डुवानमा परेको भन्दै बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । 
    गाउँबाट प्रदर्शनसहित राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । 
    पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ । 
    यस्तै मुहान थुनिदा पानीको उच्च दवावले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
१५ दिनमै सप्तरीका सिडिओको सरुवा नयाँ सिडिओ थापा आइपुगे
१५ दिनमै सप्तरीका सिडिओको सरुवा नयाँ सिडिओ थापा आइपुगे
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे