दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाको १५ दिनमै सरुवा भएको छ ।
भदौं २२ गते सप्तरीका प्रजिअ जनार्दन गौतमको सरुवा भएपछि उनको स्थानमा संखुवासभाबाट सरुवा भई आएका खतिवडाको पनि सरुवा भएको छ । उनको मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको हो ।
प्रजिअ खतिवडाको सप्तरीमा सरुवा भएपछि उनी एक हप्ता अघि मात्र कामकाज सम्हालेका थिए । यसअघि एक बर्षे कार्यकाल बिताएका जनार्दन गौतमको उदयपुर सरुवा भएको थियो ।
यता बिहीबार दिउँसो नयाँ सिडिओ भुपेन्द्र थापा जिल्ला आइपुगेका छन् । उनी जिल्ला आउने बित्तिकै छिन्नमस्ता भगवतीको दर्शन गरि आवास पुगेपछि कर्मचारीहरुले स्वागत गरेका थिए ।
१५ दिनमै सप्तरीका सिडिओको सरुवा नयाँ सिडिओ थापा आइपुगे
सारांश
- भदौं २२ गते सप्तरीका प्रजिअ जनार्दन गौतमको सरुवा भएपछि उनको स्थानमा संखुवासभाबाट सरुवा भई आएका खतिवडाको पनि सरुवा भएको छ ।
- उनको मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको हो ।
- प्रजिअ खतिवडाको सप्तरीमा सरुवा भएपछि उनी एक हप्ता अघि मात्र कामकाज सम्हालेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया