दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाको १५ दिनमै सरुवा भएको छ ।
भदौं २२ गते सप्तरीका प्रजिअ जनार्दन गौतमको सरुवा भएपछि उनको स्थानमा संखुवासभाबाट सरुवा भई आएका खतिवडाको पनि सरुवा भएको छ । उनको मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको हो ।
प्रजिअ खतिवडाको सप्तरीमा सरुवा भएपछि उनी एक हप्ता अघि मात्र कामकाज सम्हालेका थिए । यसअघि एक बर्षे कार्यकाल बिताएका जनार्दन गौतमको उदयपुर सरुवा भएको थियो ।
यता बिहीबार दिउँसो नयाँ सिडिओ भुपेन्द्र थापा जिल्ला आइपुगेका छन् । उनी जिल्ला आउने बित्तिकै छिन्नमस्ता भगवतीको दर्शन गरि आवास पुगेपछि कर्मचारीहरुले स्वागत गरेका थिए ।
१५ दिनमै सप्तरीका सिडिओको सरुवा नयाँ सिडिओ थापा आइपुगे
सारांश
- भदौं २२ गते सप्तरीका प्रजिअ जनार्दन गौतमको सरुवा भएपछि उनको स्थानमा संखुवासभाबाट सरुवा भई आएका खतिवडाको पनि सरुवा भएको छ ।
- उनको मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको हो ।
- प्रजिअ खतिवडाको सप्तरीमा सरुवा भएपछि उनी एक हप्ता अघि मात्र कामकाज सम्हालेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया