संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  

राजविराज राजविराज
|
आइतबार, कार्तिक २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  

सारांश

  •     संघीय समाजवादी फोरम नेपाल डाक्नेश्वारी नगरपालिकाद्वारा सप्तरीको पथरगाढामा छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा चियापान समारोहलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
  •     मधेश विद्रोह र विभिन्न आन्दोलनको बलमा प्राप्त संघीयतालाई असफल पार्ने षडयन्त्र भईरहेको वताउदै संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिती सदस्य समेत रहेका मन्त्री साहले संघियता विरोधी शक्तीको प्रतिकार गर्दै संघीयता कार्यान्वयन गर्ने जिम्वारी प्रदेश सरकारको काँधमा आएको बताए ।
  •     उनले जनादेशको कदर गर्दै प्रदेश सरकारले कर्मचारी नियूक्त गर्न करार ऐन ल्याउने तयारी गरेको भन्दै ऐनले हजारौ मधेशी यूवाले रोजगारी पाउनुको साथै प्रदेशको विकास, समृद्धि र सुशासनमा समेत टेवा पुग्ने जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक । 
    प्रदेश नं. २ का भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी प्रदेश सरकारकै काँधमा आएको वताएका छन । 
    संघीय समाजवादी फोरम नेपाल डाक्नेश्वारी नगरपालिकाद्वारा सप्तरीको पथरगाढामा छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा चियापान समारोहलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
    मधेश विद्रोह र विभिन्न आन्दोलनको बलमा प्राप्त संघीयतालाई असफल पार्ने षडयन्त्र भईरहेको वताउदै संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिती सदस्य समेत रहेका मन्त्री साहले संघियता विरोधी शक्तीको प्रतिकार गर्दै संघीयता कार्यान्वयन गर्ने जिम्वारी प्रदेश सरकारको काँधमा आएको बताए ।
    उनले जनादेशको कदर गर्दै प्रदेश सरकारले कर्मचारी नियूक्त गर्न करार ऐन ल्याउने तयारी गरेको भन्दै ऐनले हजारौ मधेशी यूवाले रोजगारी पाउनुको साथै प्रदेशको विकास, समृद्धि र सुशासनमा समेत टेवा पुग्ने जिकिर गरे ।
    संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले फोरम नेपाल विभेद, उत्पीडन र अन्याएमा परेको जनताको अधिकारका निम्ती संर्घष गर्ने पार्टी रहेको वताए । उनले फोरम नेपाल मात्र नेकपाको वैकल्पीक शक्ती भएकोले पार्टीको नीति सिद्धान्त र अवधाराणालाई आत्मासाथ गर्दै अगाडी बढ्न नेताकार्यकर्तालाई आग्रह समेत गरे । 
    संघीय समाजवादी फोरम नेपाल डाक्नेश्वरी नगरपालिकाका नगर संयोजक वेचु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सचिव केदार प्रसाद यादव, सह सचिव वृजमान तामाङ, कोषध्यक्ष अरमेन्द्र कुमार यादव, जिल्ला सदस्यहरु मिरम कुमारी यादव, नमनित झा, चुलाही मण्डल, उमेश कुमार यादव, स्थानीय नेताहरु चित्तरन्जन यादव, जय लाल यादव, वद्री यादव लगायतकाले शुभकामाना मनतव्य ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा
भुपु सैनिकहरुको सहायक शिविर सम्पन्न
भुपु सैनिकहरुको सहायक शिविर सम्पन्न
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 
जनजागरण अभियान अन्तरगत ¥याली
जनजागरण अभियान अन्तरगत ¥याली