वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार

राजविराज राजविराज
|
सोमबार, मंसिर २३, २०७६
|
|
१०२ पटक हेरिएको
Shares
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार

सारांश

  •     आइतबार बिहान ११ः३० बजेतिर सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमबाट अपरिचित व्यक्तिले वेपत्ता बनाएको सोही वडा निवासी प्रहलाद साहका ३ वर्षिय छोरा घनश्यामको प्रहरीले अलपत्र अवस्थामा फेला पारि उद्दार गरेको हो ।
  • बालकको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई आइतबार साँझ परिवारजनको जिम्मा लगाइएको छ ।
  •       घटना विवरण अनुसार बिहान ११ः३० बजेतिर धान काट्न घरबाट छोरा घनश्यामसँगै निस्केकी आमा निलमदेवी बीच बाटोमा पर्ने खोला नजिक रोकिएकी थिइन् ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका एक तीन वर्षिय बालक वेपत्ता भएको केही घण्टामै प्रहरीले उद्दार गरि परिवारजनको जिम्मा लगाएको छ । 
    आइतबार बिहान ११ः३० बजेतिर सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमबाट अपरिचित व्यक्तिले वेपत्ता बनाएको सोही वडा निवासी प्रहलाद साहका ३ वर्षिय छोरा घनश्यामको प्रहरीले अलपत्र अवस्थामा फेला पारि उद्दार गरेको हो । बालकको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई आइतबार साँझ परिवारजनको जिम्मा लगाइएको छ । 
    घटना विवरण अनुसार बिहान ११ः३० बजेतिर धान काट्न घरबाट छोरा घनश्यामसँगै निस्केकी आमा निलमदेवी बीच बाटोमा पर्ने खोला नजिक रोकिएकी थिइन् । छोरासहित खोला तर्न कठिन भएपछि मोटरसाइकलमा त्यसैतर्फ जाँदै गरेका एक अपरिचित यूवकलाई मोटरसाइकलमा छोरालाई राखेर खोला तार्न सहयोगका लागि आग्रह गरेकी थिइन् । 
    आग्रह स्वीकार्दै ती व्यक्तिले बालक घनश्यामलाई मोटरसाइकलमा राखेर खोला पार पनि गराईदिए । तर, खोला पार गरिसकेपछि बालकलाई मोटरसाइकलबाट ओराल्नुको सट लिएर नै भागे । 
    बालकको अपहरण भयो भन्दै आफन्तजनले तुरुन्तै प्रहरीमा जानकारी गराए । घटनाबारे खबर पाउना साथ प्रहरी उपरिक्षक कृष्ण प्रसाईको नेतृत्वमा एक टोली तत्कालै त्यसतर्फ खटिएको थियो । बालकको खोजी गर्दै जाँदा साँझ ६ बजेतिर भारतीय सीमासँग जोडिएको छिन्नमस्ता गाउँपालिकाकै कोचाबखारीस्थित एक बाँसधारीमा अलपत्र अवस्थामा फेला पारि बालकको उद्दार गरिएको प्रहरी उपरिक्षक प्रसाईले बताए । 
    बच्चाको खोजीमा सो क्षेत्रका चारैतिर प्रहरी परिचालन गरिएको थियो । उनले मोटरसाइकलमा बच्चा लिएर जाने अपरिचित व्यक्ति बारे पनि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी