कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १४, २०७७
|
|
२० पटक हेरिएको
Shares
कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति

सारांश

  • कोरोना महामारीका बीच ¥यालीका सहभागिहरुले मास्कको अनिवार्य प्रयोग तथा सेनिटाइज एक आपसमा छर्दै मुस्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ति मनाएका हुन् ।
  • राजविराज नगरपालिका वडा नं.
  • ४ का अध्यक्ष मो.

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 
    इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ति शुक्रबार राजविराजमा ¥याली तथा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । 
कोरोना महामारीका बीच ¥यालीका सहभागिहरुले मास्कको अनिवार्य प्रयोग तथा सेनिटाइज एक आपसमा छर्दै मुस्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ति मनाएका हुन् ।
राजविराज नगरपालिका वडा नं. ४ का अध्यक्ष मो. अख्तर बाबाले कार्यक्रमका सहभागिहरुलाई निशुल्क मास्क तथा सेनिटाइजर बितरण समेत गरेका थिए । 
    यता मोहम्मद हजरतको जन्म जयन्ति मनाउन प्रदेश २ सरकारले शुक्रबार प्रदेश भरि सार्वजनिक विदा दिएको थियो । 
    सप्तरी सदरमुकाम राजविराजमा नुरी जामे मस्जिद, अल्जामेतुल इश्लामिया गरिब नवाज, मदरसा इश्लामिया गरिब नवाज, इश्लामपुर पुरनी पोखरी लगायत मुश्लिम संघ संस्थाको अगुवाईमा बाजागाजा, झण्डा र सामाजिक सद्भाव तथा शान्तिको नाराका साथ बजार क्षेत्रमा ¥याली निकालिएको थियो । 
    सो ¥यालीमा मौलाना मोहम्मद इमामले मुश्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए । उनले हरेक धर्म, संस्कृति र भाषाको समृद्धी, संरक्षण र विकासका लागि प्रदेश २ सरकारले देखाएको सक्रियता प्रसंसनीय रहेको भन्दै धन्यवाद समेत व्यक्त गरे । 
    सोही अवसरमा जिल्लास्थित मस्जिदहरुमा प्रार्थना सभा तथा विपन्न समुदायमा लत्ताकपडा, फलफुल तथा खाद्यान्न समेत बितरण गरिएको मुश्लिम अगुवा मो. हासिम अन्सारीले जानकारी दिए । इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
महाशिरात्रीको तयारी तिब्र
महाशिरात्रीको तयारी तिब्र
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन