कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १४, २०७७
|
|
८५ पटक हेरिएको
Shares
कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति

सारांश

  • कोरोना महामारीका बीच ¥यालीका सहभागिहरुले मास्कको अनिवार्य प्रयोग तथा सेनिटाइज एक आपसमा छर्दै मुस्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ति मनाएका हुन् ।
  • राजविराज नगरपालिका वडा नं.
  • ४ का अध्यक्ष मो.

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 
    इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ति शुक्रबार राजविराजमा ¥याली तथा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । 
कोरोना महामारीका बीच ¥यालीका सहभागिहरुले मास्कको अनिवार्य प्रयोग तथा सेनिटाइज एक आपसमा छर्दै मुस्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ति मनाएका हुन् ।
राजविराज नगरपालिका वडा नं. ४ का अध्यक्ष मो. अख्तर बाबाले कार्यक्रमका सहभागिहरुलाई निशुल्क मास्क तथा सेनिटाइजर बितरण समेत गरेका थिए । 
    यता मोहम्मद हजरतको जन्म जयन्ति मनाउन प्रदेश २ सरकारले शुक्रबार प्रदेश भरि सार्वजनिक विदा दिएको थियो । 
    सप्तरी सदरमुकाम राजविराजमा नुरी जामे मस्जिद, अल्जामेतुल इश्लामिया गरिब नवाज, मदरसा इश्लामिया गरिब नवाज, इश्लामपुर पुरनी पोखरी लगायत मुश्लिम संघ संस्थाको अगुवाईमा बाजागाजा, झण्डा र सामाजिक सद्भाव तथा शान्तिको नाराका साथ बजार क्षेत्रमा ¥याली निकालिएको थियो । 
    सो ¥यालीमा मौलाना मोहम्मद इमामले मुश्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए । उनले हरेक धर्म, संस्कृति र भाषाको समृद्धी, संरक्षण र विकासका लागि प्रदेश २ सरकारले देखाएको सक्रियता प्रसंसनीय रहेको भन्दै धन्यवाद समेत व्यक्त गरे । 
    सोही अवसरमा जिल्लास्थित मस्जिदहरुमा प्रार्थना सभा तथा विपन्न समुदायमा लत्ताकपडा, फलफुल तथा खाद्यान्न समेत बितरण गरिएको मुश्लिम अगुवा मो. हासिम अन्सारीले जानकारी दिए । इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
सर्पको टोकाईबाट महिलाको मृत्यु
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
कोरोना भाइरसको जोखीमबाट जोगाउन  तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका
तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी
तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी