दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
कोरोना भाइरसको संक्रमणाई रोकथाम तथा पूर्व तयारीका सम्बन्धमा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सप्तरी जिल्लामा संचालित सबै प्रकारको होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सो निर्णय गर्दै यस्तै अत्यावश्यक बस्तु बिक्रि बितरण गर्ने पसल, व्यापार, प्रतिष्ठान बाहेकका अन्य पसलहरु बन्द गर्न आग्रह समेत गरेको छ ।
कसैले त्यस्ता पसल संचालनमा ल्याउन चाहे अनिवार्य रुपमा हात धुने सेनिटाइजर र थर्मल गनसहितको स्वास्थ्यकर्मीबाट परिक्षणको व्यवस्था गर्नुपर्ने निर्णय समेत गरिएको छ । बैठकले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भेला, सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न तथा विभिन्न स्थानिय तहमा लाग्ने हाटबजार फराकिलो स्थानमा सार्न र नियमित सरसफाईको व्यवस्था मिलाउने लगायतको चार बुँदे निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय
सारांश
- आइतबार जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सो निर्णय गर्दै यस्तै अत्यावश्यक बस्तु बिक्रि बितरण गर्ने पसल, व्यापार, प्रतिष्ठान बाहेकका अन्य पसलहरु बन्द गर्न आग्रह समेत गरेको छ ।
- कसैले त्यस्ता पसल संचालनमा ल्याउन चाहे अनिवार्य रुपमा हात धुने सेनिटाइजर र थर्मल गनसहितको स्वास्थ्यकर्मीबाट परिक्षणको व्यवस्था गर्नुपर्ने निर्णय समेत गरिएको छ ।
- बैठकले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भेला, सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न तथा विभिन्न स्थानिय तहमा लाग्ने हाटबजार फराकिलो स्थानमा सार्न र नियमित सरसफाईको व्यवस्था मिलाउने लगायतको चार बुँदे निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया