सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह

राजविराज राजविराज
|
आइतबार, माघ २५, २०८२
|
|
४७ पटक हेरिएको
Shares
सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह

सारांश

  •     उम्मेदवार साहले पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रको विकास र समाज सेवाका लागी आफु सरकारी जागिर छाडेर राजनीतिमा होमिएको बताए ।
  • उनले क्षेत्रको विकासका लागी चुरे संरक्षण, खाँडो समस्या समाधान, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी सुधार देखी भ्रष्टाचार नियन्त्रण, शुसासन र स्थित सरकारका लागी काम गर्ने आफनो प्रतिबद्धता पत्रमा समेटेका छन ।
  •       काँग्रेसको क्षेत्रिय सभापति पद परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका उनले क्षेत्रको एकिकृत विकासका लागि सबै क्षेत्रवासीसंग मिलेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि रास्वपाबाट सप्तरी क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका सीताराम साहले सुसासन र स्थिर सरकारका लागी आफुले उम्मेदवारी दिएका बताएका छन् ।  
    उम्मेदवार साहले पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रको विकास र समाज सेवाका लागी आफु सरकारी जागिर छाडेर राजनीतिमा होमिएको बताए । उनले क्षेत्रको विकासका लागी चुरे संरक्षण, खाँडो समस्या समाधान, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी सुधार देखी भ्रष्टाचार नियन्त्रण, शुसासन र स्थित सरकारका लागी काम गर्ने आफनो प्रतिबद्धता पत्रमा समेटेका छन । 
    काँग्रेसको क्षेत्रिय सभापति पद परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका उनले क्षेत्रको एकिकृत विकासका लागि सबै क्षेत्रवासीसंग मिलेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । 
    सार्वजनिक गरिएको खाकामा चुरे क्षेत्रको संरक्षण, खाँडो समस्याको दिर्घकालिन समाधान, सुनकोशी–खाँडो डाइभर्सन, हाइड्रोपावर, स्वच्छ खानेपानी, विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, गरिबी, विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति, यूवाको विदेश पलायन रोक्न रोजगार, विभिन्न सडकको स्तरोन्नती र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिक्तामा राखेका छन् ।     यस्तै भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको ग्यारेन्टी पनि उनले आफनो प्रतिबद्धता पत्रमा समेटेका छन । क्षेत्रको एकिकृत विकासका लागी सबै क्षेत्रवासी एक भएर अघि बढ्न सके आफ्नो खाकाले सार्थकता पाउने साहको विश्वास छ । 
    पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका क्रममा घाइते भएका सप्तरीको बोदेर्बसाईन नगरपालिका १ धनगढीका २६ वर्षिय विकास कुमार यादव पनि सहभागि थिए । उनले भ्रष्टाचार अन्त्य र सुसासनका लागी जेनजी आन्दोलन भएको भन्दै मुलुकमा परिर्वतन र सुधारका लागी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए । उनले देशका जेनजी (नवयुवा) एक जुटभई राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा लागेको दाबी समेत गरे । 
    १ लाख ९ हजार ५ सय ६६ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा साहसंगै नेपाली काँग्रेसका तेजुलाल चौधरी, नेकपा एमालेबाट गंगा प्रसाद चौधरी, जसपा नेपालका डा बवि सिंह यादव, नेकपाका रुबी कर्ण, जनमत पार्टीबाट जितेन्द्र कुमार साह, नागरिक उन्नमुक्ति पार्टीबाट रामाकान्त चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपकुमार न्यौपाने लगायत २६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली 
सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली 
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले ११ सुत्रीय माँग राख्दै बुझायो ज्ञापन 
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले ११ सुत्रीय माँग राख्दै बुझायो ज्ञापन 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै,  आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
सहकारी ब्यवस्थापक क्लव गठन
सहकारी ब्यवस्थापक क्लव गठन
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
एक महिनामा ४० अपराधी पक्राउ
एक महिनामा ४० अपराधी पक्राउ
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?