दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले समाजमा विद्यमान असमानता हटाउन सबै तहको सरकारले कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. २ र तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सोमबार तिलाठीमा आयोजित पाँचौ राष्ट्रिय कार्य योजना छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
समाजमा कायम असमानता हटाउन सयौं बर्षदेखि प्रयास भईरहेको बताउँदै उनले यसका लागि हरेक नागरिकको मानवअधिकार प्रत्याभूतिका लागि राजनीतिक प्रतिबद्धता समेत जरुरी रहेको बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले आफूहरु जनताको मानवअधिकारको प्रत्याभूतिका लागि हरसम्भव प्रयासरत रहेको बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुचिताकुमारी यादव, वडा अध्यक्ष खगेन्द्र मण्डल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष सिंहको अध्यक्षतामा मानवअधिकार राष्ट्रिय कार्ययोजना स्थानीय समन्वय समिति गठन गरिएको छ ।
समाजमा विद्यमान असमानता हटाउन सबै तहका सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
सारांश
- ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं.
- २ र तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सोमबार तिलाठीमा आयोजित पाँचौ राष्ट्रिय कार्य योजना छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
- समाजमा कायम असमानता हटाउन सयौं बर्षदेखि प्रयास भईरहेको बताउँदै उनले यसका लागि हरेक नागरिकको मानवअधिकार प्रत्याभूतिका लागि राजनीतिक प्रतिबद्धता समेत जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया