दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले समाजमा विद्यमान असमानता हटाउन सबै तहको सरकारले कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. २ र तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सोमबार तिलाठीमा आयोजित पाँचौ राष्ट्रिय कार्य योजना छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
समाजमा कायम असमानता हटाउन सयौं बर्षदेखि प्रयास भईरहेको बताउँदै उनले यसका लागि हरेक नागरिकको मानवअधिकार प्रत्याभूतिका लागि राजनीतिक प्रतिबद्धता समेत जरुरी रहेको बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले आफूहरु जनताको मानवअधिकारको प्रत्याभूतिका लागि हरसम्भव प्रयासरत रहेको बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुचिताकुमारी यादव, वडा अध्यक्ष खगेन्द्र मण्डल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष सिंहको अध्यक्षतामा मानवअधिकार राष्ट्रिय कार्ययोजना स्थानीय समन्वय समिति गठन गरिएको छ ।
समाजमा विद्यमान असमानता हटाउन सबै तहका सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
सारांश
- ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं.
- २ र तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सोमबार तिलाठीमा आयोजित पाँचौ राष्ट्रिय कार्य योजना छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
- समाजमा कायम असमानता हटाउन सयौं बर्षदेखि प्रयास भईरहेको बताउँदै उनले यसका लागि हरेक नागरिकको मानवअधिकार प्रत्याभूतिका लागि राजनीतिक प्रतिबद्धता समेत जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया