मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव

राजविराज राजविराज
|
बुधबार, जेठ १७, २०८०
|
|
४२ पटक हेरिएको
Shares
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव

सारांश

  •     राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
  •       उनले अब आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लडिरहनु पर्ने अवस्था सदाका लागि अन्त्य हुने विश्वास ब्यक्त गर्दै नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद समेत दिए ।
  •       प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष यादवले मधेशमा देखिएका नागरिकता सम्बन्धि समस्या समाधानका निम्ति विगतमा सडकदेखि सद्नसम्म लामो संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलाउन सफल भएको स्मरण पनि गरे ।

दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक राष्ट्रपतिद्वारा भएको प्रमाणिकरणसँगै अब आफ्नै मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।
    राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । 
    उनले अब आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लडिरहनु पर्ने अवस्था सदाका लागि अन्त्य हुने विश्वास ब्यक्त गर्दै नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद समेत दिए । 
    प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष यादवले मधेशमा देखिएका नागरिकता सम्बन्धि समस्या समाधानका निम्ति विगतमा सडकदेखि सद्नसम्म लामो संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलाउन सफल भएको स्मरण पनि गरे । 
    यसअघि अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नर्सिङ्ग भवनको उनले उद्घाटन गरेका थिए । कुल ६ करोड ९२ लाख रुपैयाँको लागतमा उक्त नसिंङ कलेज भवनको निर्माण भएको हो । 
    गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङ्गको कक्षा सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
सप्तरीमा १ सय ७६ मध्ये १ सय ३८ को जमानत जफत
सप्तरीमा १ सय ७६ मध्ये १ सय ३८ को जमानत जफत
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
खरानीमा गहना खोज्दै अग्निपीडित
खरानीमा गहना खोज्दै अग्निपीडित
ट्याक्टर पल्टिदा चालकको मृत्यु
ट्याक्टर पल्टिदा चालकको मृत्यु
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह