मोवाईल हराएमा प्रहरीमा उजुरी दिनुस्, भेट्न सक्छ 

राजविराज राजविराज
|
शनिबार, मंसिर २१, २०७६
|
|
७४ पटक हेरिएको
Shares

सारांश

  •     तर, मोवाइल हराएमा प्रहरीमा उजुरी दिने बारे हामी कमै सोच्छौं ।
  • यदी मोवाईल हराएमा प्रहरी समक्ष उजुरी दिएमा हराएको मोवाइल भेटिन पनि सक्छ ।
  •        पछिल्लो समय सप्तरीमा मोवाईल हराएपछि प्रहरीमा उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ ।

चन्दनकुमार यादब 
राजबिराज, २० मंसिर । 
    मोवाईल हराएपछि हामी सकेसम्म आफै खोज्ने प्रयत्न गर्छौ या त एक दुई दिनसम्म तनाव लिन्छौँ अनि पनि भेटिएन भने त्यसलाई विर्सेर नयाँ मोवाईल खरिद गछौँ । 
    तर, मोवाइल हराएमा प्रहरीमा उजुरी दिने बारे हामी कमै सोच्छौं । यदी मोवाईल हराएमा प्रहरी समक्ष उजुरी दिएमा हराएको मोवाइल भेटिन पनि सक्छ ।   
    पछिल्लो समय सप्तरीमा मोवाईल हराएपछि प्रहरीमा उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ । प्रहरीले करिब डेढ दर्जन हराएका मोवाईल फेला पारेपछि उजुरी दिनेको संख्या बढ्न थालेको हो । जस कारण हराएका मोवाईल खोज्नका लागि प्रहरीको एक समुह नै बनाइएको छ ।  
    जिल्ला र जिल्ला बाहिरका नागरिकहरुले अहिले प्रहरी कार्यालयमा आफ्नो हराएका मोवाईलको आइएमईआई कोड उल्लेख गर्दै निवेदन लिएर पुग्ने गरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीले झण्डै साढे तिन लाख बराबरको हराएका १८ थान मोवाईल सेट खोजेर सम्बन्धित व्यक्तिलाई बुझाईसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए । उनले राजबिराज नगरपालिका ३ निवासी अशोक कुमार साह, राजबिराज ७ का सुनिता राय, राजबिराज ५ का बिरेन्द्र यादब, डाक्नेश्वरी ८ का रोशन साह, रूपनी गाउपालीका ६ का भुमिका अधिकारी लगायतको विभिन्न कम्पनिका मोवाईलहरु फेला पारि सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण समेत गरिसकेको बताए । 
    एक महिना अघि घरबाटै चोरी भएको मोवाईल प्रहरीले फेला पारेपछि राजबिराज नगरपालिका ३ निवासी अशोक कुमार साहले भने, “हराएको मोवाईल प्रहरीले भेटाउन सक्छ भन्ने थाहा पाएपछि मैले पनि प्रहरीमा निवेदन दिए र केहि दिनमै मोवाइल भेटिएको खवर पाउँदा खुसी छु ।” 
    मोवाईल हराएपछि प्रहरी कार्यालयमा निवेदन दिएकाहरुको मोवाईल आइएमईआई कोड मार्फत पत्ता लगाई काठमाडौं, धरान, राजबिराज लगायत जिल्लाको विभिन्न ठाँउ लगायत अन्य क्षेत्रबाट बरामद गरिएको डिएसपी भारती बताउँछन् । मोवाईल भेटिए पनि अन्य सीम राखी मोवाईल प्रयोग गर्ने गरेको उनको भनाई छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा आ.ब. २०७५÷०७६ मा १ सय ८१ वटा मोवाईल हराएको निवेदन दिएको मध्येबाट १८ वटा मोवाईल फेला परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । बाँकी हराएको मोवाईल खोजी कार्य जारी रहेकोले मोवाईल हराएको पाउने ब्यक्तिले त्यस मोवाईलमा अर्काे सिम प्रयोग नगरून्जेल बाँकी रहेको मोवाईल पत्ता लगाउन समस्या भएको डिएसपी भारतीको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
तीन बालबालिका अझै वेपत्ता
तीन बालबालिका अझै वेपत्ता
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश